एम्बुलेन्सको प्रयोग गरी गाँजा तस्कर गर्ने एक जना पक्राउ

एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपसार गर्ने एक जना पक्राउ परेका छन्। सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने को १ च ७५७७ नम्बरको एम्बुलेन्का चालक २९ वषीएय सरोज लामा सोमबार राति ८ः४५ बजे पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय लहान र ट्राफिक प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

लहान–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्सको पछाडिको बिरामी राख्ने भागमा लुकाएर प्लाष्टिकको ५ वटा बोरामा अन्दाजी ९० केजी गाँजा र २८ हजार रुपैयाँ नगद फेला परेपछि लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *