
आतंकवादी हमलामा पाकिस्तानमा दुई सैनिकको मृत्यु, एक घाइते


पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलमाथि भएको आतंककारी हमलामा दुई सैनिकको मृत्यु हुनाका साथै अर्का एक जना अधिकृत घाइते भएको सेनाले आइतबार जनाएको छ ।
शनिबार अबेर राति सुरक्षा बलले सो प्रान्तको हर्नाई जिल्ला नजिकै खोस्ट क्षेत्रमा भएको अग्नि आक्रमणलाई विफल पारेको थियो । आगलागी गरेर भागेका आतंककारीहरूलाई लखेट्ने क्रममा दोहोरो झडप हुँदा उक्त घटना घटेको हो ।
प्रतिक्रिया