नेप्से परिसूचकमा ६.७१ अंकको गिरावट
शेयरबजार परिसूचक नेप्सेमा बुधबार ६.७१ अंकल गिरावट आएको छ । लगातार रूपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो ।
बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ ।
नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ पावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ ।
तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबरकोे शेयर कारोबार भएको छ ।
प्रतिक्रिया