नेप्से परिसूचकमा झिनो अंकको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार कारोबार मापक नेप्से परिसूचक १.१५ अंकले उकालो लागेर दुई हजार १९६.२५ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९४ अंकले उकालो लागेर ४२१.१४ मा पुगेको छ ।
नेप्सेमा झिनो अंकको वृद्धि भए पनि कारोबार रकम भने उकालो लागेको छ । कुल २१७ कम्पनीको एक करोड पाँच लाख १८ हजार ७१२ कित्ता शेयर रु. चार अर्ब ६७ करोड सात लाख ९८ हजार ७५६ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु. ३१ खर्ब ३६ अर्ब ११ करोड सात लाख २० हजार बराबर रहेको छ ।
उतारचढावपूर्ण कारोबारकाबीचमा कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर मूल्यमा भने गिरावट देखियो । बैंकिङ ५.७, व्यापार ७६.२२, जलविद्युत १८.३७, उत्पादन १०९.१८ र लगानी ०.५३ अंकले उकालो लाग्यो ।
यस्तै होटल ६०.८७, विकास बैंक ५९.४२, वित्त १.९९, निर्जीवन बीमा १९.७७, अन्य १०.८५, लघुवित्त ५८.६८, जीवन बीमा १९.५२ र सामूहिक लगानी कोष ०.०६ अंकले उकालो लाग्यो ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ३८ करोड ३१ लाख ११ हजार बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु. १६ करोड २७ लाख ७३ हजार ५३४, एचआईडीसीएल रु. १३ करोड ७६ लाख ७० जार ७०४, अपि पावर कम्पनी रु. १२ करोड ९१ लाख ८९ हजार ५६४ र अरुण भ्याली हाइड्रोपावर रु. १२ करोड ८९ लाख ८६ हजार ६१८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
बुटवल पावर कम्पनी ६.९५, सिटिजन म्युचुअल फन्ड दोस्रो ६.४५, गुडबिल फाइनान्स ६.२३, दोर्दी खोला जलविद्युत् कम्पनी ५.५७ र एचआईीडसीएलका लगानीकर्ताले ५.०७ प्रतिशतले कमाए ।
स्वाभिमान लघुवित्त ५.२१, स्ट्याण्डर्ड चार्टर्ड बैंक ४.७१, सूर्योदय बोमी लघुवित्त ४.०९, कृषि विकास बैंकको ऋणपत्र ३.९६ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।
प्रतिक्रिया