
एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिँदैछ : विज्ञ

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन् ।
ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपालबारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बताए । उनले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताए ।
उनले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गरे । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गरे । उनले अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रूपमा उल्लेख गरेको बताए ।
अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरूले नेपाललाई बढी नियालिरहेको बताए । डा. केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरूको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको बताए ।
भूराजनीतिक मामिलाका विश्लेषकसमेत रहेका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली कांग्रेस र नेकपा माओवादीको सरकार रहेको, प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलहरूको सहमतिमा नै बीआरआईमा हस्ताक्षर भएको बताए ।
उनले डोनाल्ड लु अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एशिया हेर्ने भनिसकेपछि ठूलो रूपमा बखान गरिएको दाबी गरे । उनले नेपालमा उपसचिवले नै दक्षिण एशिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताए ।
केसीले एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त बहसको विषय भएको बताए । उनले अमेरिकाले पटकपटक एमसीसीको बारेमा बताइरहँदा समेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधिनताका लागि खबरदारी नगर्नुले नेपाली समाज नलेजिबल बनिनसकेको जस्तो महसुस भएको बताए ।
- सहरी नीति र फोहोरमैला व्यवस्थापन नीति कार्यान्वयनमा तीनै तहले समन्वय गर्ने
- सांसद राईको प्रश्न- भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?
- ‘ए’ डिभिजन लिग : दुई बढुवामध्ये एक च्याम्पियन, एक रेलिगेट
- ‘पपुलिस्ट’ हरूको राजनीति व्यापारिक पुँजीवादलाई पक्षपोषण गर्ने अभियान हो : शंकर पोखरेल
प्रतिक्रिया