अमेरिकी सहायक विदेशमन्त्री लुलाई कालो झण्डा देखाउन खोज्ने विप्लवका कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाले नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाउने प्रयास गरेका छन् ।

कालो झण्डा देखाउन खोज्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्ली हुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए ।

लुको भ्रमणलाई लिएण्र विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन् ।

सहायक विदेशमन्त्री लुले भ्रमणको क्रममा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

नेपालले अमेरिकाकासँग सैनिक साझेदारी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको समयमा सहायक विदेशमन्त्री लुको भ्रमणलाई चासोका साथ हेरिएको छ।

लुले अमेरिकासँगको आर्थिक सहयोग सम्बन्धी सम्झौता मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अघि बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

एमसीसी संसद अनुमोदन गर्नबाट रोक्न खोजेको र त्यसको विरोधमा भैरहेको प्रदर्शनपछि चीनको हात रहेको आरोप सहायक मन्त्री लुले लगाएपछि त्यस विषयमा वासिङ्टन र बेइजिङबीच जुहारी चलेको थियो ।

एसपीपीअघि नबढाउने नेपालले निर्णयमा बेइजिङले खुशी व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर