बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१४ स्थित कुलुङमा मंगलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
हिजोका दिनमा जिल्लाको विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलिका दिनमा पनि काम गरेर देखाउने आफ्नो योजना रहेको बताए “म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” उनले भने, “अब गाउँमा विकासको मूल फुटाउने गरी काम गरेर देखाउन चाहन्छु ।”
व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुङ हुँदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको र कुलुङ, छाब्दी तथा बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचुर सम्भावना रहेको नेता पौडेलले बताए ।
पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँको ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।
विगतमा अवरुद्व भएका विकासलाई निरन्तरता दिँदै थप विकासका बारेमा बुझ्न आफूले घरदैलो अभियान कार्य अघि बढाएको चर्चा गर्दै नेता पौडेलले कुलुङ खानेपानी योजना आफ्नै पहलमा निर्माण भइ उद्घाटनसमेत गरिएको बताए ।
प्रतिक्रिया