
नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश


नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभामा पेश भएको छ ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ प्रतिनिधि सभा समक्ष पेश गरेका हुन् ।
गृहमन्त्री खाणले संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गरे ।
उनले संविधानले निर्देश गरे बमोजिम नागरिकता सम्बन्धी विषयमा व्यवस्था गर्नको लागि नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गरेको बताए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले दिएको विरोधको सूचना अस्वीकृत भएपछि गृहमन्त्री खाणले नागरिकतासम्बन्धी संशोधित विधेयक प्रतिनिति सभामा प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया