७७.०१ अंकले घट्यो नेप्से परिसूचक
साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।
आइतबार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन ।
सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ ।
सोमबार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ ।
त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहमा पनि ५.१९ प्रतिशतले गिरावट आएको छ । बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ ।
सोमबार कारोबारमा आएको ग्रामीण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
- आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन
- फुपूभदैनी मृत्यु प्रकरण : फोनबाट प्रेम, यौन प्रस्ताव अस्वीकार गर्दा हत्या
- इप्पान र प्रोक्लाइम इन्डियाबिच कार्बन उत्सर्जन कम गरेबापत हाइड्रोपावरले पाउने रकम भित्र्याउन सम्झौता
- पाथीभरा केवलकार निर्माण विवाद : वार्ताबाट समस्या समाधान गर्न गृहले पठायो पत्र
प्रतिक्रिया