
नेपाल श्रीलंकाको बाटोमा छैन : सञ्चारमन्त्री कार्की


सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गइरहेको छ भन्ने भनाइमा कुनै सत्यता नरहेको बताएका छन् ।
कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गइरहेको छ भनेर भ्रममा पार्ने कोशिस भइरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गरे ।
शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहोर्याए ।
मन्त्री कार्कीले सबैले एकताबद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सबल बनाउन सकिने दाबीसमेत गरे ।
मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पारे ।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया