
गाडेको अवस्थामा भेटिएकी बालिकाको पहिचान खुलेन, सहयोग गर्न प्रहरीको आग्रह


सर्लाहीको ईश्वरपुर नगरपालिका १३ स्थित सागरनाथ जंगलमा गत सोमबार साँझ गाडेको अवस्थामा फेला परेको अन्दाजी १८ महिने बालिकाको शवको पहिचान खुल्न सकेको छैन ।
सागरनाथ गाउँबाट श्रीनगरतर्फ जाने सडकदेखि केही भित्र सागरनाथ वन परियोजनाको जंगलमा टाउको मात्रै देखिने गरी खाल्डो खनी परिएको अवस्थामा अन्दाजी १८ महिने बालिकाको शव फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय केशरगन्जले आफ्नो गाउँ टोलमा उल्लेखित हुलिया भएको बालिका हराएको सम्बन्धमा कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
बालिकाको हुलिया–
१) कार्टुन पात्र मोटु पत्लुको तस्बिर अंकित पिंक कलरको हाफ बाउला भएको गन्जी लगाएको
२) निलो जिन्स पाइन्ट लगाएको
प्रतिक्रिया