माओवादीको स्थायी कमिटीको पहिलो बैठक पेरिसडाँडामा सुरु
२५ असार २०७९ ९:२०
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको पहिलो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बिहीबारको केन्द्रिय कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो ।
पहिलो बैठकमा पोलिटब्युरो गठन र भ्रातृ संगठन अखिल क्रान्तिकारीभित्र देखिएको विवादको बारेमा छलफल हुने बताइएको छ ।
अखिल क्रान्तिकारीमा अध्यक्ष पञ्चा सिंह र पवन कार्की अध्यक्ष रहेका छुट्टै कमिटीले समानान्तर गतिविधि गर्दै आएका छन्।
माओवादीको जारी केन्द्रिय कमिटी बैठकमा पोलिटब्युरो गठनको विषयमा असन्तुष्टी रहेको छ ।
१ सय २५ सदस्यीय पोलिटब्युरो सदस्यहरु मनोनयनप्रति असन्तुष्टी देखिएको हो । केन्द्रिय सदस्यहरुले पोलिटब्युरो गठनको आधार नेतृत्वसँग माग गरेका छन् ।
प्रतिक्रिया