भारतले गर्‍यो धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी प्रतिवेदनको आलोचना

भारतले संयुक्त राज्य अमेरिकाको अन्तरारष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगले भारतमा धार्मिक स्वतन्त्रताका विषयमा गरेको टिप्पणी पक्षपाती र गलत भएको भन्दै आलोचना गरेको छ ।

भारतको विदेश मन्त्रालयका अनुसार उक्त आयोगको टिप्पणीले भारत र यसको संवैधानिक ढाँचा एवं बहुलताको विषयको बुझाइमा कमी रहेको टिप्पणी गरेको छ ।

‘हामीले अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता (युएससीआईआरएफ) सम्बन्धी अमेरिकी आयोगले भारतको पक्षपाती र गलत टिप्पणी उल्लेख गरेको देखेका छौं’, भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले शनिबार साँझ एक मिडिया प्रश्नको जवाफमा सो कुरा भनेका छन् ।

‘यी टिप्पणीले भारत र यसको संवैधानिक ढाँचा, यसको बहुलता र यसको लोकतान्त्रिक नैतिकताको गम्भीर कमीलाई प्रतिबिम्बित गर्दछ’ शनिबार युएससीआईआरएफले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्ना आयुक्त डेभिड करीलाई उद्धृत गर्दै आयोगले ‘भारत सरकारको आलोचनात्मक आवाज विशेष गरी धार्मिक अल्पसंख्यक र उनीहरूका लागि वकालत गर्नेको निरन्तर दमनप्रति चिन्तित छ’ भन्ने उल्लेख गरेको छ ।

प्रवक्ता बागचीले भनेका छन् ‘दुःखको कुरा आयोगले आफ्नो एजेन्डा अनुसार आफ्नो कथन र प्रतिवेदनहरूमा बारम्बार तथ्यलाई गलत ढङ्गले प्रस्तुत गरेको छ। त्यस्ता कार्यले आयोगको विश्वसनीयता र उद्देश्यको बारेमा चिन्तित तुल्याएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *