स्वतन्त्र युवाको जित अपवाद हो, समग्र सत्य होइन : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन् ।

बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए ।  अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए ।

उनले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए । अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभई आकर्षण बढेको उल्लेख गरे ।

अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए । उनले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर