
स्वास्थ्य राज्यमन्त्रीमाथि छानबिनको लागि समिति गठन


लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ ।
बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी छन् ।
प्रतिक्रिया