
त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेकी महिलाबाट गोली बरामद


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका–७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
प्रतिक्रिया