ललिता निवास जग्गा प्रकरण : मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला आउन सक्ने !

ललिता निवास जग्गा प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ।

विशेष अदालतमा माघ २ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो। अदालतका प्रवक्ता धनबहादुर कार्कीअनुसार बुधबारसम्म फैसला सुनाउने तयारी गरिएको छ।

सो प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कीर्ते कसुरमा अनुसन्धान गरेर मुद्दा दायर गरिसकेको छ। यसअगाडि काठमाडौँ जिल्ला अदालतले सो प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरूङलाई दुई करोड ४६ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

न्यायाधीश भोलानाथ ढकालको इजलासले आरोपित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात कीर्ते आरोपमा मुद्दा चलाएको थियो।

अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार केशव तुलाधरलाई साधारण तारिखमा र अरू सबै आरोपितलाई धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी रकम भने सबैको फरक फरक छ। धरौटी रकममा शिवजी भट्टसँग तीन लाख ३० हजार, रुद्रकुमार श्रेष्ठसँग सात लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग सात लाख ५० हजार, कलाधर देउजासँग १५ लाख रूपैयाँ रहेको छ।

त्यस्तै घमनकुमार कार्कीसँगसात लाख ५० हजार, गोपाल कार्कीसँग सात लाख ५० हजार, विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग सात लाख ५० हजार, नारायणराज मिश्रसँग सात लाख ५० हजार, अरूणकुमार श्रेष्ठसँग सात लाख ५० हजार रूपैयाँ धरौटी माग गरेको हो।

साथै ध्रुवप्रसाद अर्यालसँग तीन लाख ३० हजार, बाबुराजा महर्जनसँग एक लाख १० हजार, देवनारायण महर्जनसँग एक लाख १० हजार, सकलानन्द महर्जनसँग एक लाख १० हजार, सञ्जयकुमार महर्जनसँग एक लाख १० हजार र लोकरी घिमिरेसँग एक लाख ५० हजार रूपैयाँ धरौटी मागिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर