काठमाडौं – प्रहरीले दुर्लभ पशुपंक्षीको अवैध कारोबारमा संलग्न तीनजनालाई पक्रेको छ ।
काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट प्रहरीले दुर्लभ पंक्षी हुचिल सहित ३ जनालाई पक्राउ गरेको हो ।
हुचिल विक्री वितरण गर्न लागेको सुचनाको आधारमा महानगरीय प्रहरी कार्यालय र महनगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले दोलखा, तामाकोशी गाँउपालिका – ७ घर भई ललितपुर बस्ने २४ बर्षीय जेवी राई, भक्तपुर, बालकोट बस्ने २४ बर्षीय कमल भण्डारी र ईलाम घर भई ललितपुर बालकुमारी बस्ने ३१ बर्षीय पुर्ण बहादुर लिम्बुलाई एउटा हुचिल सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनालाई कारवाहीको लागी हुचिल सहित जिल्ला बन कार्यालय काठमाण्डौमा पठाईएको छ