
बढुवा भएका सहायक रथीहरू झंकरबहादुर कडायत र डाक्टर शशी रार्इलार्इ दर्जाकाे चिन्ह लगार्इदिदै प्रधानसेनापति राजेन्द्र क्षत्री
काठमाडौं– सैनिक कमाण्ड र अन्तर्राष्ट्रिय सैनिक सम्बन्धमा बिशेष दखल राख्ने नेपाली सेनाका सहायक रथी झंकरबहादुर कडायत उपरथीमा बढुवा भएका छन ।
नेपाल सरकारको मन्त्रिपरिषदको पुष १३ को निर्णय अनुसार बढुवा भएका सहायक रथी कडायत र प्राविधिक सहायक रथी डाक्टर शशी राईलाई मंगलबार प्रधानसेनापति राजेन्द्र क्षतीले दज्र्यानी चिन्ह लगाईदिएका हुन ।
भारतस्थित नेपाली दुतावास, सैनिक मुख्यालय र सैनिक प्रवक्ताका रुपमा काम गरिसकेका कडायत पछिल्लो समय सुदुरपश्चिम पुतनामा कार्यरत रहेका थिए ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बढुवा भएका सहायक रथी कडायतलाई सुदुरपश्चिम पृतनापति र राईलाई सैनिक स्वास्थ्य महानिर्देशकमा पदस्थापन गरिएको छ ।