नक्कली अमेरिकी सेनाको फेसबुकबाटै विवाह अनि नातेदार बने पीडित

Posted: December 13, 2017 in Metro Crime, police, Security, Sex Scandal

काठमाडौं– प्रहरीले सामाजिक सञ्जाल फेसबुकबाट भै रहेको एउटा ठगीकाण्डका नाइकेलाई कठघरामा उभ्याएको छ । महानगरीय अपराध महाशाखाले पक्राउ गरेका ती नटवरलालले फेसबुकको सहयोगमा दर्जनौ महिलासँग विवाहगरि उनकै नातेदारबाट लाखौं रकम ठगेका छन ।

महाशाखाले पक्राउ गरेका सिन्धुपाल्चोक माङ्खा ७ का तुलबहादुर तामाङले संखुवासभा माकल गाउँपालिका ५ की  साेममाया ( नाम परिवर्तन गरिएकाे)  लाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । उनले आफ्नो परिचयमा अमेरिकी सेना भएको बताए । अमेरिका भनेपछि हुरुक्कै भएको नेपाली समाजका लागि तुलबहादुरको विवाहको प्रस्ताव ढुङगा खोज्दा देउता भेटिए जस्तै भो । अनि तुलबहादुर र मनकलाका बिचमा धुमधाम विवाह भयो ।

विवाहपछि ससुराली गएका तुलबहादुरले साेममायाका नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई अमेरिकी सेनामा जागिरको प्रलोभन देखाए । दुबैले तुलबहादुरका नाममा २१ लाख रुपैयाँ आईएमई गरेर पठाए । तुलबहादुरले प्रक्रियाका लागि गुरुङ दाजुभाईलाई काठमाडौं बोलाए । तर आफु भने श्रीमती समेतबाट सम्पर्क विहिन भएपछि उजुरी लिएर साेममाया महाशाखा पुगेकी थिइन ।
‘ठगीका लागि सामाजिक सञ्जालबाट परिचय र सम्पर्क बढाउने अनि विवाहसम्मगर्ने पछि उनकै परिवारका सदस्यलाई ठगेर फरार भएका थिए,’ महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले भने ।

अनुसन्धानमा संलग्न प्रहरी नायब  निरीक्षक भोला गिरीका अनुसार एकजनालाई ठगी गरेपछि केही समय भुमिगत हुने तुलबहादुरको ठगीमा परेका पीडितको सख्या धेरै हुनसक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको बताए । उनका अनुसार हरेक नयाँ घटनाका लागि तुलबहादुरले फेसबुकमा नयाँ नाम र पहिचान सहितका खाता खोलेर ठगी गरेका थिए ।

महाशाखाका अनुसार लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी जुनिया दोङ्गसँग तुलबहादुर फेसबुक खाता जेभी मार्फत जोडिएका थिए । उनले सृजनालाई डिपेन्डेन्ट भिषाको प्रलोभन देखाएर ९ लाख ठगेका थिए । यस्तै उनै जुनियासँग सम्बन्ध बिस्तारगर्दै उनैलाई क्यानडा जाने मानिस खोज्न लगाई भाई संजय दोङ्ग र मिम लामालाई १३ लाख ठगेका थिए ।

लेबनानपछि तुलबहादुरले साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामालाई फेसबुक मार्फत साथी बनी क्यानडा आफ्नो आमा डाक्टर रहेको बताउदै उतै लैजान भनि नौ लाख ठगेका थिए । यस ठगीमा गत वर्ष साउनमा पक्राउ परेर छुटेका तुलबहादुर सुध्रिनुको साटो उल्टो चलाखीका साथ ठगीमा सक्रिय भएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s