गाैचन हत्या याेजनाकाे अडियाे टेप सहित सीअाइबीले गर्याे समिरमानसिंह सार्वजनिक

Posted: December 3, 2017 in CIB, Security

काठमाडाैं– निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्न्यात पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले गुण्डा नाइके बस्न्यातलाई चितवनबाट पक्राउ गरेको हो । सीआईबीले आइतबार नै पत्रकार सम्मेलन गरेर बस्न्यातलाई सार्वजनिक गरेको छ ।
नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या गरिएको थियो ।लेनदेनको विवादका बस्न्यातले गौचनको हत्या गरेको प्रहरीको दाबी छ । सीआईबीले बस्न्यातको एउटा अडियो पनि सार्वजनिक गरेको छ, जसमा समीरमानले गौचनको हत्या आफ्नो योजनामा भएको स्वीकार गरेका छन्।
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्या तथा दावा लामामाथि गोली प्रहारमा समीरमान संलग्न रहेको प्रहरीले बताएको छ । गौचन हत्यामा संलग्न भनिएका मनोज पुन भने तिवारी हत्यापछि नै आफ्नो समूहमा नरहेको समीरको दाबी छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.