यी युवालाई चिन्नुहुन्छ ? युवाको पहिचान वा जानकारी हुनेले प्रहरीलाई सहयोग गरौं

Posted: डिसेम्बर 1, 2017 in Metro Crime, police, Security

प्रहरीले गाैशालामा फेला पारेकाे हत्या गरिएका युवाकाे स्केच

काठमाडौं – यो एकजना अन्दाजी २०–२१ वर्षका युवाको शारिरिक बनोटका आधारमा प्रहरीका दक्ष चित्रकारले बनाएको स्केच हो । यी युवाको शब मंसिर १४ गते तिलगंगाबाट गुहेश्वरी तर्फ जाने कच्ची सडकको वायाँ साईडमा प्रहरीले फेला पारेको हो ।
महानगरीय अपराध महाशाखाका अनुसार युवकको पहिचान नखुलोस भन्नका लागि उनको अनुहार पुरै जलाईएको छ । महाशाखाले लास सनाखतका लागि प्रयास गरिरहेको छ । महाशाखाले भनेको छ ‘उक्त लाश हालसम्म कहि कतैबाट सनाखत हुन नसकेकोले निम्न कपडा लगाएको व्यक्ति कहि कतै हराएको पाईएमा महानगरीय अपराध महाशाखा, टेकु, काठमाण्डौ तथा महानगरीय प्रहरी वृत्त, गौशाला, काठमाण्डौको निम्न नम्वरहरुमा सम्पर्क राख्नु हुन अनुरोध गरिएको छ ’।
ती युवको हुलिया निम्न अनुसार रहेको छ ।


उनको शरिर पातलो छ । उचाई ५ फिट ५ ईन्च रहेको छ । कपालमा खैरो रंग लगाएको र शरिरमा निलो जिन्स पाईन्ट, खरानी रंग जस्तो हुड लगाएको, भित्र मेने ब्राभोको स्टिकर भएको कालो रातो रंगको हाप भेस्ट लगाएका छन । खुट्टामा रातो रंगको ४१ नम्वरको कन्भर्स अलस्टार जुत्ता र खरानी रंगमा कालो धर्का भएको मोजा लगाएका छन ।
महाशाखाले यी ब्यक्तिका बिषयमा कुनै जानकारी भए हट लाईन ११७७ वा ९८५१२८३०३२ र ०१४४७१७७२ मा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । अपराध बिरुद्धको यस अभियानमा महाशाखा लगायत प्रहरीलाई हामी नागरिकको सहयोग आवश्यक छ । यसैले सूचना वा जानकारी भए कृपया खबर गर्नुहोस ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.