मकवानपुरमा फेला परे युद्धकालिन हतियार, सेना र सशस्त्रकाे पाेशाक समेत बरामद

Posted: November 22, 2017 in apf, Army, police, Security

Photo Courtesy : Nepal Police

काठमाडौं–प्रहरीले शान्ति प्रक्रियाका ११ वर्षपुरा भएकै दिन तत्कालिन बिद्रोही नेकपा माओवादीले प्रहरी र सेनाबाट लुटेका हतियार बरामद गरेको छ ।
मकवानपुर प्रहरीले पूर्व जनमुक्ति सेनाका एकजना कमाण्डरको घरबाट सेनाले प्रयोगगर्ने इन्सास राइफलको म्यागजिन र एसएलआरको म्यागजिन बरामद गरेको हो। यस्तै नेपाली सेनाको पाईन्ट सशस्त्र प्रहरीको चुस्ता र जनमुक्ति सेनाको टोपी समेत बरामद गरेको हो।
प्रहरीले जनमुक्ती सेनाका पूर्व कमाण्डर ईमानबहादुर थिङ्गको घरमा छापा मारेर ठुलो मात्रामा हातहतियार र बिस्फोटक पर्दाथ बरामद गरेको हो । प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का सक्रिय कार्यकर्ता रहेका थिङले निर्वाचन बिरोधी गतिविधीका लागि बरामद हतियार राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार विहान मनहरी गाउँपालिका वडा नम्बर २ बस्ने ईमान बहादुर थिङ्गको घरमा खानतलासी गर्दा हातहतियार तथा विष्फोटक पदार्थहरु बरामद
भएको हो।
बिशेष सुचनाका आधारमा प्रहरी चौकी पदमपोखरी र लेबटबाट खटिएको प्रहरी टोलीले छापामार्दा थिङ्गको घरबाट कटुवा बन्दुक थान–१, सोही कटुवामा लाग्ने १२ बोरको गोली राउण्ड ३, ३७ नम्वरको डेटोनेटर थान–३, २७ नम्बरको डेटोनेटर थान–२, बिजुलिको तार अन्दाजी २ सय मिटर, सकेट पाईप थान–१, सर्किट व्याट्रि थान–२, जिलेटिन पहेलो रङको १ सय ग्राम, डेटकर्ड तार २ मिटर, बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३ सय ग्राम, कालो रङको बारुद १ सय ५० ग्राम, एस।एल।आर।राईफलको पुरानो म्याग्जिन थान–१, ईन्सास राईफलको पुरानो म्याग्जिन थान–१, राईफलको तेल २ सय मिलि लिटर बरामद गरेको हो । यस्तै हाम्रो संश्लेषण र साम्यवादका बिशेषताहरु लेखिएको किताब समेत फेला परेको प्रहरीले जनाएको छ ।
फरार रहेका थिङको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s