UPDATE Pardafas : अति सुरक्षित सर्वोच्च अदालतमा बम ! सबै इजलास प्रभावित (अाज यी मुद्दाकाे हुदै थियाे सुनवाइ)

Posted: November 21, 2017 in अदालत, Metro Crime, police

 

सांकेतिक तस्विर

काठमाडौं – सुरक्षाका कारण बारम्बार चर्चामा अाउने सर्वाेच्च अदालतमा मंगलबार बम रहेकाे अज्ञात कलका कारण फेरि सबैकाे ध्यान केन्द्रीत भएकाे छ । अघिल्लाे पटक लाेकमानसिंह कार्कीलाइ कालाेमाेसाे छर्केकाे घटनापछि सर्वसाधारण देखि कानुन व्यवसायीसम्म  बिशेष चेकजाँच हुन थालेकाे सर्वाेच्चमा साच्चै कसैले बम राखेकाे हाे वा बल्फ कल हाे यसबारे समेत अनुसन्धान भै रहेकाे छ ।

बम रहेकाे अज्ञात कल पछि सर्वाेच्चका १० वटा इजलासमा न्याय सम्पादनकाे प्रकृयामा रहेका ३४३ पेशी कारवाही नटुङगी राेकिएका छन । मंगलबार सर्वाेच्च अदालतमा ठुला उद्दाेग, उपत्यका  विकास प्राधिकरण र राप्रपासम्मका मुद्दाकाे पेशी चढेकाे  िथयाे ।

कुन–कुन मुद्दाकाे पेशी  थियाे हेर्नुहाेस याे सूची –

सर्वाेच्च अदालतकाे मंगलबारकाे पेशी सूचि

रामशाह पथमा रहेको सर्वोच्च अदालत परिसरमा बम रहेको आशंकामा अहिले प्रहरी खोजीमा जुटिरहेको छ ।
अदालतको टोल फ्री नम्बरमा फोन गरी परिसरमा बम रहेको बताएपछि प्रहरीको टोलीले बम खोजीको गरिरहेको हो ।
प्रहरी स्रोतका अनुसार काठमाडौंको लगनबाट अज्ञात व्यक्तिले फोन गरी बम रहेको सूचना दिएका थिए । बम रहेको सूचना पाएपछि सर्वोच्च अदालतका अधिकारीहरुले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी प्रभाग सिंहदरबारको टोलीले अहिले बमको खोजी गरिरहेको छ । सर्वोच्च परिसरमा बम रहेको हल्ला चलेसँगै त्यहाँ कामको सिलसिलामा पुगेकाहरुबीच त्रास फैलिएको छ ।

Advertisements
Comments

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s