डिभी परेर अमेरिका हिडेका रुद्र र भुवानी पुगे प्रहरी खोरमा

Posted: November 21, 2017 in Metro Crime, police, Security
Tags: ,

 

काठमाडौं– अमेरिका जाने सजिलो र सुरक्षित अवसर मानिने डिभी लोटरी परेका दुईजना युवा नक्कली कागजपत्रको भरपर्दा अमेरिका त जान पाएन्न, श्रृण काढेको नगद समेत गुमाएर अहिले प्रहरी कार्यालयको हिरासतमा पुगेका छन।
सन २०१७ का लागि डिभी लोटरी परेका रुद्रबहादुर मोक्तान र सन २०१८ डिभी लोटरी परेका भुवानी प्रसाद भट्टराई नक्कली कागजपत्र बनाएर अमेरिका उडने सपना त सपना नै रहयो । अहिले उनी आफुले गरेको गल्तीको प्रायश्चित गर्दै आफुले दिएको पैसा समेत गुमाएर प्रहरी हिरासतमा पुगेका छन ।
अमेरिकाको डिर्पाटमेन्ट अफ स्टेटले प्लस टु पास गरेको युवा युवतीको योग्यतालाईमात्र आधार मानेर हरेर वर्ष डिभी लोटरी खोल्ने गर्छ । प्लस टु पास नभएका रुद्रबहादुर र भुवानीप्रसादले समेत डिभी भरेका थिए । उनको भाग्य बलियो डिभी त प¥यो । तर साथमा प्लस टु पासको सर्टिफिकेट थिएन ।
भुवानीप्रसादले सन्तोष तिवारीसँग सर्टिफिकेट बनाउनको लागी सम्पर्क गर्छन। रुद्रबहादुरले सर्टिफिकेट बनाईदिन देवराज तामाङसँग सम्पर्क गर्छन । देवराजले साढे तीनलाखमा सर्टिफिकेट बनाउने ठेक्का लिन्छन । सन्तोष तिवारीले नक्कली सर्टिफिकेट बनाउनको लागी भुवानीप्रसाद र अभय पोख्रेलको भेट गराई ९० हजारमा डिल भई सर्टिफिकेट बनाई लेनदेन कारोबार हुन्छ । अभय पोख्रेल किर्तेमा बदनाम र कुख्यात पटके थिए । उनी २०६९ मंसिर १३ मो सरकारी छाप दस्तखत किर्ते मुद्दामा पक्राउ परी कारवाही भोगेका थिए।
यता देवराजले सर्टिफिकेटका लागि सेक्योर्ड लाइफ कन्स्लटेन्सीमामा काम गर्ने अनिल श्रेष्ठलाई सर्टिफिकेट बनाउनको लागी सम्पर्क गर्छन । यसका लागि ४५ हजार श्रेष्ठलाई भुक्तान हुन्छ ।
यसपछि श्रेष्ठले ३० हजारमा सत्य बिनायक कम्युनिकेशन संचालक बिशालजंग शाहीलाई सर्टिफिकेट बनाउने जिम्मा दिन्छन । र बिशालले पनि सुरेश शाहीलाई १२ हजारमा सर्टिफिकेट बनाउन दिएको जिम्मेबारी पुरा नहुदै प्रहरीले घटनामा संलग्न ८ जनालाई पक्रेको हो ।
महानगरीय अपराध महाशाखाले पक्राउ परेको गिरोहले विदेश जाने युवायुवतीका लागि आवश्यक शैक्षिक प्रमाणपत्र नक्कली बनाउने गरेको जनाएको छ । महाशाखाले प्लस टु को माइग्रेसन, एसएलसीको मार्कसिट बिएडको मार्कसिट, नेपाली नागरिकताजस्ता नक्कली कागजपत्र बरामद गरेको छ ।
महाशाखाले कथित पीडित रुद्रबहादर मोक्तान र भुवानीप्रसाद सहित अन्य ६ जनालाई पक्रेर किर्ते मुद्दामा कारवाही थालेको हो। पक्राउपर्ने अन्यमा बिशाल जंग शाही, सुरेसबहादुर शाही,अभय पोख्रेल, अनिल श्रेष्ठ, देवराज तामाङ र सन्तोष कुमार तिवारी रहेका छन।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.