होसियार ! चिठ्ठा र पार्सलका नाममा ठगिनु होला

Posted: नोभेम्बर 16, 2017 in CIB, police, Security
ट्यागहरु:, , , , , ,

  • भाइबरमा २५ लाखको चिठ्ठाको लोभमा ठग्लान
  • केन्द्रीय अनुसन्धान ब्युराेकाे सर्वसाधारणलाइ हाेसियार हुन अपिल
  • देशभरका प्रहरी युनिटमा ठगीएकाे उजुरी अाउन थाल्याे
  • फाेन अाए प्रहरीमा खबर गर्नुहाेस

काठमाडौं– मेरा एकजना मित्रले विहीबार बिहानै फोन गरे । उनी खुसी र आशंका मिश्रित स्वरमा भन्दै थिए ‘हिन्दी भाषामा मेरो यो नम्बरमा चिठ्ठा परो, २५ लाख भारतीय रुपैयाँ आउने भयो, ४० हजार जम्मा गर्न भन्दै छ,’ । मैले घटना बिस्तारमा सोधे । कसैले उनको भाइबर नम्बरमा कल गरेको रहेछ । पहिलो फोनमा चिठ्ठा परेको भन्दै अर्को फोनमा कल गर्न भनेछ । सोझा ती मित्रले त्यहाँ फोन गर्दा चिठ्ठा परेको छ, खाता र प्रक्रिया दस्तुर भन्दै प्रभु बैंकको एउटा खाता नम्बरमा पैसा जम्मा गर्न भनेछ । यसरी हिन्दीमा पैसा जम्मा गर्न बारम्बार भनेपछि ती मित्रलाई शंका लागेर मलाई फोन गरेका रहेछन ।
मैले स्पष्टसँग भने ‘जीवन जी अहिले अनलाईन म्यासेन्जर जस्तै भाइबर र ह्वाटस एप प्रयोगगर्दै ठगीगर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय छ, यस्ता कल नेपालका गाँउ–गाँउमा आउछ, विश्वासगर्दा ठगिएका थुप्रै घटना छन ।
अन्तर्राष्ट्रिय अपराधको अनुसन्धानगर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सर्वसाधारणलाई होसियार हुन विहीबार अपिल गरेको छ । ब्युरोका प्रमुख डिआइजी पुष्कर कार्कीले यस्ता ठगहरुबाट बच्नु भनेको होसियारी नै भएकाले सर्वसाधारणलाई अपिल गरिएको बताए ।

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले त्यस्ता गिरोहको प्रलोभनमा परी केही व्यक्तिहरुले भने बमोजिमको रकम जम्मा समेत गरिदिई ठगिएको भनी विभिन्न प्रहरी कार्यालयमा तथा केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी पर्न आएकोले अपिल जारी गरेको बताए । उनले यसरी विदेशी नम्बर तथा म्यासेन्जरहरुबाट कोही कसैले उल्लेखित व्यहोरा सहित फोन गरेमा प्रलोभनमा नपर्न हुन तथा त्यस्तो फोन आएमा उपत्यका स्थित अपराध महाशाखा तथा नजिकको प्रहरी कार्यालयमा उजुरी गर्न सबैलाई आग्रह गरे ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.