उम्मेदवार लक्षित बम आक्रमण बढेपछि प्रधानसेनापति आफै फिल्डमा निस्किए

Posted: November 16, 2017 in Army, By Deepak Kharel, Security
Tags: ,

स्थलगत भ्रमणमा प्रधानसेनापति राजेन्द्र क्षत्री

काठमाडौं– प्रदेश सभा तथा प्रतिनिधी सभा नजिकिदै गर्दा देशभर उम्मेदवार लक्षित बम आक्रमणका घटना बढेका बेला सेनाप्रमुख आफै पूर्वी हिमाली, पहाडी तथा तराईको अवस्था बुझ्न फिल्डमा पुगेका छन। प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन सुरक्षाको अवस्था बुझ्न गुल्म, गण, बाहिनी र पृतनाको अवलोकन भ्रमण गरेका हुन ।
निर्वाचन सुरक्षाका लागि केन्द्रीय सुरक्षा रणनीति अनुसार सेना समेत आवश्यक सूचना संकलन, निर्वाचन सुरक्षा र कारवाहीको अधिकार सहित फिल्डमा रहेपनि देशभर उम्मेदवारलाई लक्षित गरि बम आक्रमण भै रहेका छन । केन्द्रीय नेतादेखि मन्त्रीसम्मलाई लक्षित गरि भएका बम आक्रमणले निर्वाचन प्रभावित आशंकाका बिच सेनापति दुईदिन लामो भ्रमण सकेर विहीबार काठमाडौं फर्किएका हुन ।
उच्च सैनिक स्रोतका अनुसार प्रधानसेनापति क्षत्रीले सेनाले प्रत्यक्ष कारवाही भन्दा उसको इन्टिलिजेन्स प्रयोग गरि सम्भावित घटनाको पूर्व सूचना र संलग्न ब्यक्तिका बिषयमा जानकारी स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएका थिए ।
प्रधानसेनापति क्षत्रीले सोलुखुम्बुमा रहेको अमरदल गुल्म, ओखलढुंगाको शम्शेरदल गण, ईटहरीमा रहेको पूर्वी पृतना मुख्यालय र हेटांैडामा रहेको मध्य पृतना मुख्यालय तथा धादिङको बैरेनीमा रहेको ६ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले युनिटहरुको स्थलगत बस्तुस्थिति, अपरेशन, तालिम, बन्दोबस्तीको अवस्थाका बिषयमा युनिट कमाण्डरसँग बुझ्नुका साथै आवश्यक निर्देशन दिएका थिए । यस्तै उनल आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा भयरहित बातावरणमा सम्पन्न गराउन नेपाली सेनाको तयारीको बिषयमा निर्देशन दिएका थिए।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s