डुक र अपाची माेटरसाइकलमात्रै चाेर्ने सिन्धुपाल्चोकका अधिकारी पक्राउ

Posted: November 10, 2017 in Metro Crime, police
Tags: , , , ,

काठमाडाैंः  काठमाडौं र ललितपुरको विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा मोटरसाईकल चोरी कार्यमा संलग्न सिन्धुपाल्चोक बतासेका सुजन अधिकारीलाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

बाघबजारबाट बा ८० प ९०१५ नम्बरको मोटरसाइकल चोरी गरेपछि पक्राउ परेका अधिकारीले अनुसन्धानको क्रममा ललितपुर बालकुमारी र ललितपुर नागबहिलबाट पनि मोटरसाइकल चोरी गरेको खुलासा भएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।उनका अनुसार अधिकारीले महँगाे डुक र अपाची माेटरसाइकल मात्र चाेरी गर्ने गरेकाे प्रारम्भीक अनुसन्धानमा खुलेकाे छ ।

अधिकारीले ललितपुरको बालकुमारीस्थित बसुधा मोटरसाइकल वर्कशपबाट बा ७८ प ६०५७ नम्बर र ललितपुरको नागबहिलबाट बा ३९ प ७०९९ नम्बरको मोटरसाईकल पनि चोरी गरेका थिए । अधिकारीले चोरी गरेका ३ वटै मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s