संगठित अपराधीलाई हतियार लाइसेन्स

Posted: April 16, 2016 in By Deepak Kharel, Security

Courtesy : http://www.nagariknews.com Nepal Republic Media

ललितपुर- फौजदारी अभियोग लागेको र समाजमा असुरक्षा देखिने व्यक्तिलाई नै जिल्ला प्रशासन कार्यालय काठमाडौंको सिफारिसमा गृह मन्त्रालयले दुई थानभन्दा बढी हतियार र सयौं थान गोली राख्न अनुमति दिएको फेला परेको छ।
प्रहरी र अनुसन्धान गर्ने निकायमा संगठित अपराधीको सूचीमा रहेका व्यक्तिलाई गृह मन्त्रालयले बढी मार क्षमताका दुई थान हतियार राख्ने अनुमति दिएको खुलेको हो। अपहरण र फिरौती आरोपमा पक्राउ परी कारागारमा ६ महिना बिताएका बाबु भनिने विश्वक्रान्ति सिंहलाई जेलमुक्त भएको केही महिनामै गृह मन्त्रालयले दुई थान आधुनिक हतियार र तीन सय गोली राख्न अनुमति दिएको खुलेको हो। यस्तै बारम्बार विभिन्न घटनाको अनुसन्धान र आरोपमा प्रहरीले पक्राउ गर्दै आएका सिंहको इजाजतपत्र प्रशासन कार्यालयले बिनाकुनै रोकटोक २०७३ असार मसान्तसम्मका लागि नवीकरणसमेत गरेको नागरिकले फेला पारेको छ। पछिल्लो समय पक्राउ परेका सिंहको साथबाट जम्मा १ सय ५८ थान गोली बरामद भएको छ। बाँकी १ सय ४२ थान गोली सिंहले कहाँ खर्च गरे, त्यसको हिसाब नखोजी प्रशासनले इजाजत नवीकरण गरेको हो।

IMG_20160406_090039

व्यापारीलाई हतियार देखाएर धम्क्याएको आरोपमा लागुऔषधसहित पक्राउ परेका सिंहले कारागारमुक्त भएको आठ महिनामै गृह मन्त्रालयको अनुमति लिएर दुईथान हतियार बोक्न थालेका थिए। अपहरण मुद्दामा २०६४ मंसिर ११ गते काठमाडौं प्रहरीबाट पक्राउ परेका सिंह २०६५ असारमा कारागारमुक्त भएका थिए।

नागरिकलाई प्राप्त विवरणअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिंहका नाममा हातहतियार तथा खरखजाना राख्न पाउने इजाजतपत्र जारी गरेको थियो। प्रशासन कार्यालयले २०६५ फागुन २३ गते जारी गरेको इजाजत नम्बर १२७८० अनुसार सिंहलाई दुईथान हतियार र एक वर्षमा तीनसय थान गोली राख्न पाउने अनुमति दिइएको छ। प्रशासन कार्यालय काठमाडौंको विवरणअनुसार सिरियल नम्बर १२८०६२६ मा प्वाइन्ट टुटुको राइफल र सिरियल नम्बर १०६३६ मा ३७५ बोरको एकनाले राइफल राख्न इजाजत दिइएको छ।

हातहतियार तथा खरखजाना ऐन २०१९ मा मानसिक अवस्था ठिक भएको र कुनै फौजदारी कसुर नलागेको व्यक्तिले रीतपूर्वक दिएको निवेदनलाई शान्ति समितिबाट निर्णय गराई हतियार राख्न इजाजत दिनसक्ने व्यवस्था छ। प्रहरीले दिने व्यक्तिको मुचुल्कालाई मुख्य आधार मान्ने शान्ति समितिमा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र तीनै सुरक्षा निकायका जिल्ला प्रमुख सदस्य रहन्छन्। तर, फौजदारी अभियोगमा पक्राउ परी कारागारमुक्त भएको र २०५६ सालदेखि नै विभिन्न आपराधिक घटनामा संलग्न रहेका व्यक्तिले हतियार राख्ने इजाजत पाएको छ र नवीकरणसमेत भएको छ।

 

IMG_20160406_090046

सिंहले लिएको इजाजतपत्र २०६९ भदौ १ गते जिप्रका काठमाडौंका लेखा अधिकृत ऋृषिदेव खनाल र २०७१ साउन ५ गतेदेखि दुई वर्षका लागि लेखा अधिकृत शरदप्रसाद नेपालले नवीकरण गरेका छन। नवीकरणको समय हतियार र गोली दुवैको विवरण र खर्च स्पष्ट हुनुपर्ने कानुनी व्यवस्थालाई समेत जिप्रका काठमाडौंले पालना गरेको छैन। प्रशासनको रेर्कडमा तीन सय थान गोली यथावत रहेको देखिए पनि प्रहरीले चैत २३ गते राति पक्राउ गर्दा सिंहको साथबाट जम्मा १ सय ५८ थान गोली बरामद भएको थियो।

जिप्रका काठमाडौंका प्रवक्ता गणेशप्रसाद भट्टराईले हतियारको इजाजत, नवीकरण गर्ने निकाय र अनुगमन तथा पक्राउ गर्ने निकायबीच समन्वय अभाव भएको हुनसक्ने बताए। उनले ऐनमा फौजदारी अभियोग लागे/नलागेको विषयमा प्रहरीको मुचुल्कालाई आधार बनाएर शान्ति समितिले गृहमा सिफारिस गर्ने स्पष्ट पारे। ‘हतियारका विषयमा यस्ता घटना सार्वजनिक भइरहेका छन्, कसरी प्राप्त गरेछन्, हामी खोज्छौं,’ उनले भने।

पछिल्लोपटक दुई वर्षका लागि इजाजतपत्र नवीकरण गरेका लेखा अधिकृत नेपालले सिंहको इजाजतसम्बन्धी फाइल गोप्य हुने भन्दै केही बताउन चाहेनन्। उनले नवीकरणका लागि इजाजत किताब मात्र लिएर आउने प्रचलन रहेको बताए। ‘नवीकरणमा आउनेलाई इजाजत थप्दै आएका छौं, फाइल त गोप्य रहन्छ,’ उनले भने, ‘थुप्रै फाइल अँध्यारो कोठामा छ, खोज्न सकिँदैन।’

परिसरका एसएसपी पीताम्बर अधिकारीले हतियारका विषयमा अनुसन्धान भइरहेको बताए। उनले हतियार मुद्दामा प्रहरीले लागुऔषध मुद्दापछि थप अनुसन्धान गर्ने बताए। ‘हामी अहिले बरामद लागुऔषधका विषयमा अनुसन्धान गर्दैछौं, हतियारका विषयमा पछि थाहा होला,’ उनले भने। उनले हतियार इजाजत प्राप्त भए पनि बढी मार क्षमताको भएका कारण कसरी प्राप्त गरेको हो अनुसन्धान हुने उनले बताए।

DSC00023

प्रहरीले सिंहसहित अन्य तीनजनालाई मितेरी यातायातका सञ्चालक शेखर गुरागाईंलाई अपहरण गरी दुई करोड फिरौती लिन लाग्दा पक्राउ गरेको हो। तत्कालीन अनुसन्धान अधिकृत एसपी उत्तम सुवेदीका अनुसार सिंहसहित बाघे भन्ने बाघबहादुर लामा, राजु बोगटी र समिरमानसिंह बस्नेतलाई प्रहरीले अपहरण आरोपमा पक्रेको थियो। उनका अनुसार तत्कालीन अवस्थामा अपहरण तथा शरीर बन्धक ऐन नभएका कारण उनीहरुलाई मानव ओसारपसार तथा शरीर बेचबिखन ऐनअनुसार कारबाही चलेको हो। ‘अपहरणपछि फिरौती लिनेक्रममा हामीले पक्राउ गरेका थियौं, पुर्पक्षका लागि थुनामा गएका सिंह धरौटीमा छुटेका थिए,’ एसपी सुवेदीले भने।

प्रहरी हिरासतमा रहेका सिंहले राजनीतिक दलका नेता र केही संगठित अपराधीको निर्देशनमा लाइसेन्सधारी हतियार देखाएर व्यापारीलाई धम्क्याउने गरेको अनुसन्धानमा खुलेको छ। यस्तै हतियारकै भरमा असुली र ठेक्कापट्टा हत्याउँदै आएको परिसरका एसपी अशोक सिंहले बताए। उनले ललितपुरलाई आधार क्षेत्र बनाएर ठेक्कापट्टामा गुण्डागर्दी गर्ने समूहका लागि सिंहले काम गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको जानकारी दिए। ‘राजनीतिक आवरणमा अपराधमा सक्रिय केही व्यक्तिको नाम आएको छ, हामी अनुसन्धान गर्दैछौं,’ उनले भने।

Baramad Saman 1

प्रहरीले लागुऔषध खैरो हेरोइन र समुन्द्री घोडासहित सिंहलाई चैत्र २४ गते पक्राउ गरेको हो। प्रहरीले ठेक्कापट्टाबाट असुली गर्ने, व्यवसायीलाई धम्की दिँदै रकम असुली गर्ने, लेनदेन रकम असुली गरेर कमिसन लिने, गुण्डागर्दी गर्ने, ग्याङ फाइटमा संलग्न हुने, लागुऔषध कारोबार गर्ने, हाउजिङ व्यवसायीलाई धम्की दिई रकम असुली गर्ने र जनमानसमा डर र त्रास फैलाइ आतंकित पार्ने अरोपमा सिंहविरुद्ध अनुसन्धान भइरहेको जनाएको छ।

– See more at: http://nagariknews.com/society/crime/story/66490.html#sthash.6GAgROPa.dpuf – See more at: http://nagariknews.com/society/crime/story/66490.html#sthash.6GAgROPa.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s