प्रधानसेनापति अस्पताल, प्रहरी प्रमुख आसरा केन्द्र र बल प्रमुख दिक्षान्तमा

Posted: September 28, 2015 in By Deepak Kharel
Tags: , , , , ,

Kathamndu: प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोमबार अस्पताल पुगेर बिरामीसँग भलाकुसारी गरे । प्रहरी महानिरीक्षक उपेनद्रकान्त अर्यालले लागूऔषध पूर्नस्थापनमाका लागि आसरा केन्द्रमा रहेका दुब्र्यसनीको हौसला बढाए र सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तले आधारभुत तालिम पुरा गरेका अधिकारीको दिक्षान्त समारोहमा पुगेर बलको सिद्धान्त र अनुशासनका बिषयमा निर्देशन दिए ।
तीनवटै सुरक्षा निकायमा रहेको सञ्चार हेर्ने निकायले प्रेषित गरेका बुलेटिन उनिहरुकै भाषामा जस्ताको त्यस्तै तर छोटकरीमा :

hospital coas

नेपाली सेना

आज मिति २०७२ आश्विन ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले छाउनीस्थित नेपाली सेनाको श्री वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले अस्पताल भित्र रहेको ईमरजेन्सी, ओपिडी, भिआईपि, आईसियु, आईटिसियु वार्ड लगायत रिपुमर्दिनी अक्सिजन प्लाण्टको साथै ट्रमा हलको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बिरामीहरुसंग भेटघाट तथा कुराकानी समेत गर्नु भएको थियो ।

उक्त निरिक्षण भ्रमणको दौरान प्रधान सेनापति श्री क्षत्रीलाई श्री वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. श्री राजिव पाण्डेले अस्पतालको बस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो भने सोही क्रममा श्री इन्जिनियर विभागका प्राविधिक उपरथी श्री योगेन्द्र वहादुर खाणले अस्पतालको पुनःनिर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त अवसरमा श्री कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी श्री गौरव तण्डुल लगायतका रथीबृन्द तथा अधिकृतहरुका साथै उक्त अस्पतालका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले आमविनाशकारी भूकम्प पश्चात घाइते तथा बिरामीहरुलाई पालमा नै भएपनि आप्mनो जिम्मेवारी निर्वाह गरी उपचार सेवा प्रदान गर्न सफल भएकोमा अस्पतालमा कार्यरत सबैको सराहना गर्नु भएको थियो ।

hospital coas111

सैनिक कल्याणकारी कोषद्धारा संचालित उक्त अस्पतालको भौतिक संरचना विनाशकारी भूकम्पको समयमा क्षतिग्रस्त भएको कारण अस्पतालले पालबाट नै बीरामीहरुलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । हाल उक्त अस्पतालको पुनःनिर्माण तथा मरामत कार्य भइरहेको छ ।

आसरा सुधार केन्द्रको १९औं बार्षिकोत्सव तस्वीर (5)

नेपाल प्रहरी

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीवारीको १९औं बार्षिकोत्सव आज आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक अर्यालले केन्द्रमा कार्यरत १२ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा संचालित केन्द्रले स्थापनाको १९औँ वार्षिक उत्सव मनाइरहँदा यसले गरेका कार्यहरुको पुनरावलोकन गर्दै वैज्ञानिक पद्धतिअनुसार संस्था संचालन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । लागूपदार्थ दुव्र्यसनमा युवापुस्ताहरु फस्ने क्रम भयावह रहेको बताउँदै यसको रोकथामका लागि केन्द्रले गम्भीर भएर अगाडि बढ्नुपर्नेसमेत उहाँले उल्लेख गर्नुभयो ।
लागूपदार्थ दुव्र्यसनले व्यक्ति मात्रै दुःखमा फस्ने नभई परिवार, आफन्त, समाज र राष्ट्रमासमेत प्रत्यक्ष असर पुग्ने भएकोले दुव्र्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना गराउन केन्द्रले आगामी दिनमा अझ बढी क्रियाशिल भएर अगाडि बढ्ने विश्वाससमेत प्रहरी महानिरीक्षक अर्यालले व्यक्त गर्नुभयो । केन्द्रमा उपचारपछि समाजमा पुर्नस्थापित भई सफलताको विन्दूमा पुग्न उपचाररत सदस्यहरुलाई उहाँले सुझावसमेत दिनुभयो ।

आसरा सुधार केन्द्रको १९औं बार्षिकोत्सव तस्वीर (7)
समारोहमा धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रोशी अर्यालले केन्द्रलाई सहयोग तथा योगदान पु¥याउने आर्ट अफ लिभिङ, ब्रम्हकुमारी राजयोग र शान्तिको सन्देस संस्थाका प्रतिनिधि, केन्द्रका परामर्शदाताहरु, रोलमोडलसमेतलाई प्रशंसापत्र, कदरपत्र तथा पुरस्कार वितरण गर्नुको साथै केन्द्रबाट उपचारपछि घर गएका व्यक्तिलाई मायाको चिनोसमेत प्रदान गर्नुभयो ।

????????????????????????????????????

सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालित सि.सं.१९ प्राविधिक अधिकृत तथा अन्य दर्जा आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले त्यसअवसरमा असोज ११ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित दिक्षान्त समारोहमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा संगठनले स्थापनाकालदेखि नै प्राप्त जिम्मेवारीलाई व्यावसायीक कार्यकुशलताका साथ निर्वाह गर्दै आएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बल देश र जनताको हितमा क्रियाशिल रही लक्षित गन्तव्यतर्फ अगाडि बढिरहेको बताउनुभयो ।

????????????????????????????????????

उहाँले नागरिकको सेवा र सुरक्षामा सिघ्र परिचालित भई प्रभावकारी ढंगबाट कार्यसम्पादन गरिरहेको सशस्त्र प्रहरी बलप्रति नेपाली जनताको आस्था र भरोषामा अझै अभिबृद्धि हुने ढंगले व्यावसायीक कार्यमा समर्पित रहिरहनुपर्ने बताउनुभयो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s