गुण्डागर्दी नियन्त्रणका लागि तीन ‘स’ भत्काउदै प्रहरी

Posted: September 24, 2015 in By Deepak Kharel

all-don
Kathmandu : प्रहरीले देशभरबाट गुण्डागर्दी नियन्त्रण गर्न गुण्डा नाईकेको सम्पत्ती, संरक्षण र समुह (तीन ‘स’) भत्काउने योजना अघि सारेको छ । प्रहरीले २०६४ साल पछि विभिन्न समयमा समातिएका गुण्डा नाईके र उनका पहिचान, हालको आर्थिक अवस्था र संरक्षण गर्ने समुहको पहिचान पछि यस्तो अभियान अघि सारेको हो । पक्राउ पर्नासाथ छुटाउन आउने राजनीतिक , प्रशासनिक वा अन्य संरक्षण गर्ने ब्यक्ति र समुहलाई पहिलो चरणमा पक्राउ परेका ब्यक्तिका बिषयमा जानकारी दिने प्रहरीले जनाएको छ । आपराधिक कृयाकलापमा संलग्न ब्यक्तिसँगको निकटता वा त्यस्तै सम्बन्ध राखेमा कारवाहीमा ल्याउने रणनीति समेत प्रहरीले बनाएको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले देशभरका प्रहरी युनिटसँगको सहकार्यमा गुण्डा नाईकेको सम्पत्ती, लगानी क्षेत्र र आयस्रोतको माध्यमको समेत खोजी गरिरहेको छ । आपराधीक कृयाकलाप गर्ने ब्यक्ति वा समुहलाई आर्थिक सहयोगगर्ने समेत अब प्रहरी कारवाहीमा पर्ने महाशाखाले जनाएको हो । पहिलो चरणमा ठेक्कापट्टा र अवैध ब्यापारीको सुचि बनाएरै प्रहरीले निगरानी बढाएको हो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले गुण्डागर्दी नियन्त्रणका लागि गुण्डा बिरुद्धको कारवाही प्रयाप्त नहुने निश्कर्ष सहित अभियान थालिएको बताए । ‘आर्थिक पक्षनै गुण्डागर्दीको प्रमुख कारण रहेको छ, समुह र संरक्षण त्यसपछि देखिए’ खनालले भने ।
10432934_10204534619392200_6966641688990686307_n
गुण्डानाईकेको समुहलाई छिन्नभिन्न बनाउने योजना अन्र्तगत विभिन्न समुहमा रहेका ब्यक्तिलाई प्रहरीले विभिन्न स्रोत मार्फत सुधार हुन आह्वान गरिरहेको छ । गुण्डा नाईके दिनेश अधिकारी चरी र कुमार श्रेष्ठ घैंटेको प्रहरी मुठभेडमा भएको मृत्युपछि अत्तालिएका केही प्रमुख गुण्डा नाईके केही समयमै समुह मार्फत सक्रिय हुने आशंका प्रहरीको छ । प्रहरीले गुण्डागर्दी नियन्त्रण मात्र होइन सखाप पार्ने योजना अन्र्तगत समुह भत्काउने बताएको हो ।‘केही दिन शान्त छन, तर भोली ठुलो आर्थिक कारोबार हुनासाथ सक्रिय नहुने भन्ने छैन, त्यस अघि नै कमजोर नबनाए भोली प्रहरीलाई नै अप्ठयारो पर्न सक्छ’ खनालले भने ।
प्रहरीले घैंटेको मुठभेडमा मृत्यु भएपछि विदेशमा आश्रयमा गएका गुण्डा नाईकेको सुचि समेत बनाएको छ । हाल नेपालमा अपराधजन्य कार्यबाट आर्जित धनलाई भारत, युएई, मकाउ, हङकङ, सिंगापुर र साईप्रस तथा पोर्चुगलसम्म पुगेर विभिन्न क्षेत्रमा लगानी गरेको तथ्यसम्म प्रहरीले सुरक्षित राखेको छ । प्रहरी मुख्यालय स्रोतका अनुसार त्यस्ता नाईकेको सम्पत्ती र पहुँच भत्काउन हाल सम्पत्ती सुद्धिकरण विभाग लगायत अर्थ अन्र्तगतका निकायबाट उचित सहयोग नहुने भन्दै चुपचाप बस्ने योजनामा रहेको छ । प्रहरी स्रोतका अनुसार विदेशमा रहेका क्यासिनो, रेष्टुरेन्ट, अवैध बेश्यालय देखि पेट्रोल पम्म, डिर्पाटमेन्टल स्टोर देखि कल्ब र रियल स्टेटमा समेत नेपालका गुण्डा नाईकेको लगानी बढदै गएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s