सासु बेच्ने बुहारी पक्राउ

Posted: September 16, 2015 in By Deepak Kharel

Untitled

Kathmandu: प्रहरीले आफ्नै सासु आमालाई वैदेशिक रोजगारका लागि बेच्ने एक महिलालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नै सासुआमा सहित दुई जनालाई दिल्लीमा लगेर भारतीय दलालहरुको गिरोहलाई बेचेको आरोपमा कल्पना परियार भन्ने कल्पना लिम्बुलाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार आर्थिक रूपमा विपन्न नेपाली महिलाहरूलाई साउदी अरबमा घरेलु कामदारको रूपमा राम्रो तलब हुन्छ भनि आफ्नै सासु आमा र एक महिला समेतलाई नेपालबाट फरक फरक मितिमा काठमाण्डौ हुदै बसबाट भारतको नयाँ दिल्ली स्थित नेपाली तथा भारतिय दलालहरूको गिरोहलाई कल्पनाले विक्रि गरेको अनुसन्धानमा खुलेको हो ।
बिक्री गरिएका दुबैलाई बन्धक बनाई भारतको गुडगाउ स्थित अपार्टमेण्टबाट भारतको माईती ईन्डिया र भारतिय प्रहरीद्धारा मिति भदौ २१ गते उद्दार गरेको हो । दुबैजनालाई साउदी अरेवियन राजदुताबासका कर्मचारीले ३ महिना सम्म यौनशोषण तथा अमानविय ब्यवहार गर्दै बन्धक बनाएर राखेका थिए ।
पिडितहरूको बयान तथा प्रारम्भिक अनुसन्धानको क्रममा कल्पना परियार भन्ने कल्पना लिम्बु र जीत बहादुर दर्जीले दुबैलाई दिल्लीमा बेचेको खुल्न आएको हो । ब्यूरोकी प्रहरी उपरीक्षक किरण बज्राचार्यका अनुसार पीडितलाई साउदी अरबसम्म पु¥याएर पुन दिल्लीमा ल्याएर दुतावासका कर्मचारीलाई विक्रि गरिएको हो । उनका अनुसार दुबैलाई जनही एकलाखमा भारतीय दलाललाई बेचिएको थियो । ब्युरोले गिरोहमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.