प्रधानसेनापति क्षत्रीको शुक्रबार !

Posted: September 11, 2015 in By Deepak Kharel, Security

????????????????????????????????????
Kathmandu:विहिबार बिशेष समारोहका बिच राष्ट्रपति डाक्टर रामबरण यादवबाट दज्र्यानी चिन्ह पाएपछि औपचारिक रुपमा सेनाका ४२ औं महासेनानी बनेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको त्यो दिन त ब्यस्त छदै थियो शुक्रबार समेत क्षत्रीको ब्यस्तता उल्लेखनिय बन्न पुग्यौ ।
शुक्रबार बिहान प्रधानसेनापति क्षत्रीले सैनिक मञ्च टुंडिखेल र वीर स्मारक छाउनीमा जिम्मेवारी निर्वाह गर्ने क्रममा विरगती प्राप्त गर्ने अमर सपुतहरुप्रति भावपुर्ण श्रद्धान्जली अर्पणगर्दै दिनको सुरुवात गरेका थिए । यस्तै आफु संस्थापक सदस्य एवम् गणको कर्णेल कमाण्डान्ट रहेका प्रधान सेनापति क्षत्रीले छाउनीस्थित नेपाली सेनाको श्री जगदल गण र लगनखेलस्थित राजदल गणको निरीक्षण भ्रमण समेत गर्न पुगे ।
कार्यालय समयमा जंगी अड्डा पुगेपछि परिसरमा एक कार्यक्रमका बीच नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका थिए । कार्यक्रम नेपाली सेनाका विभिन्न पृतना, वाहिनी, गण, गुल्म तथा शिक्षालयहरु लगायत १३६ स्थानहरुमा एकैसाथ लाईभ मल्टीटास्क गरिएको थियो ।

sambodhan
jagdal bn

????????????????????????????????????

सम्बोधनमा प्रधानसेनापति क्षत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेकाले यसका प्रभावहरु नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको हुंदा नेपाली सेना अत्यन्तै संवेदनशील र यस सम्बन्धमा सधै तयार रहन जरुरी रहेको बताए । उनले नेपालको संविधानद्वारा निर्दिष्ट महत्वपूर्ण राष्ट्रिय हितहरु बिरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतिहरुको प्रभावकारी ढंगले सामना गर्दै भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकतालाई अक्षुण राख्न नेपाली सेनालाई पेशागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेशनल तयारी, उच्च हौसला तथा अनुशासन मार्फत अझ संगठित, सुदृढ र सबल बनाउंदै राष्ट्रिय सुरक्षा तथा स्थिरताको पहरेदार संस्थाको रुपमा थप विकास गर्दै लगिने उल्लेख गरेका थिए ।
(सम्बोधनको पूर्णपाठका लागि तल रातोमा थिच्नुहोस COAS_Speech_2015-09-11)

सम्बोधन पछि प्रधानसेनापति क्षत्रीको औपचारिक भेटघाटकोक्रम सुरु भएको थियो । प्रधानसेनापति क्षेत्रीले आफ्नो तालुकदार रक्षा मन्त्रालयका रक्षा सचिव ईश्वरी प्रसाद पौडेलबीच जंगी अड्डामा शिष्टाचार भेटघाट भयो । भेटघाटका क्रममा रक्षा सचिव पौडेल र प्रधानसेनापति क्षेत्री बीच हाल देशको बिद्यमान परिस्थिति र नेपाली सेना सम्बन्धी विविध बिषयहरुमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

????????????????????????????????????

????????????????????????????????????

यस्तै शुक्रबार नै प्रधानसेनापति क्षेत्री र काठमाण्डौंस्थित भारतीय राजदुतावासका राजदुत रन्जीत राय बिच जंगी अड्डामा शिष्टाचार भेटघाट भएको छ । भेटघाटमा द्विपक्षिय आपसी हीत तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.