सशस्त्र प्रहरीमा सिट ४०, पास जम्मा २५

Posted: September 8, 2015 in By Deepak Kharel

????????????????????????????????????
KATHMANDU : सशस्त्र प्रहरी निरिक्षकका लागि चालिस जना पदपूर्तिको लागि लिइएको परिक्षामा लिखिततर्फ जम्मा २५ जना उत्तिर्ण भएका छन् । सशस्त्र प्रहरी बलमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने लिखित परिक्षामा मागेको सख्याभन्दा कम उर्तिण भएका हुन । सशस्त्रका आवश्कता भन्दा कम उर्तिण भएको यो तेस्रो पटक हो ।
लोकसेवा आयोगले लिएको उक्त परिक्षामा खुल्लातर्फ १९ जना तथा महिलातर्फ एक जना, आदिबासी÷जनजातीतर्फ चार जना र पिछडिएको क्षेत्रतर्फ एक जना उत्तिर्ण भएका छन् । यी परिक्षार्थी खुल्लातर्फ समेत उत्तिर्ण भएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक पदका उम्मेद्वारहरुको लिखित परिक्षा गत साउन ५ गतेदेखि ९ गतेसम्म भएको थियो ।
चालिस जना आवश्यक संख्याका लागि खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएकोमा आवश्यक संख्या भन्दा कम परिक्षार्थीले लिखित परिक्षामा सफलता प्राप्त गरेका हुन ।
????????????????????????????????????
पदपूर्तिका लागि खुल्लातर्फ २२, महिलातर्फ तीन, आदीवासी÷जनजातीतर्फ ६, मधेसीतर्फ पाँच, दलिततर्फ तीन र पिछडिएको क्षेत्रतर्फ एक जना आवश्यक संख्याका लागि गत वर्ष २०७१ साल भदौ १५ गते खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आब्हान गरिएको थियो ।
लिखित परिक्षामा सफल उम्मेद्वारहरुको अन्तर्वार्ता आगामी असोज ३ गतेदेखि हुनेछ भने असोज ७ गते विशेष स्वास्थ्य परिक्षण गरिने सशस्त्र प्रहरीका सहायक प्रवक्ता अजय छतकुलीले जानकारी दिए ।
लिखित परिक्षा उत्तिर्ण हुनेहरुमा किशोर डाँगी, बसन्त आचार्य, मौसम पोखरेल, रविन ढुंगेल, गणेश खनाल, सुजन रानाभाट, सन्तोषप्रसाद देवकोटा, रविन खकुराल छन् ।
????????????????????????????????????
यसैगरी प्रदिप थापा, विजयकुमार महर्जन, रामकुमार लामिछाने, तेजबहादुर बोहरा, गंगाबहादुर कार्की, सन्तोष थापा र सन्तोष थापानै नाम गरेका अर्का परिक्षार्थी समेत लिखित परिक्षामा उत्तिर्ण भएका छन् ।
यसैगरी सो लिखित परिक्षामा गणेश खनिया, संजय के.सी., सम्झना देउजा, रामकुमार के.सी., बुद्ध श्रेष्ठ, विमल बानिया, प्रेमकुमार राई, सचिन प्रधान, अभिषेक थापा र धर्मानन्द जोशी उत्तिर्ण भएका छन् ।
खुल्ला प्रतियोगितामा कूल पाँच सय तीन जनाले दरखास्त दिएका थिए । दरखास्त हाल्नेहरुमा महिलातर्फ २७ जना, आदिवासी-जनजातीतर्फ ८७ जना, मधेसीतर्फ २५ जना, दलिततर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १७ जना रहेका थिए ।
यसअघि सशस्त्र प्रहरी बलमा ४० जना सशस्त्र प्रहरी निरीक्षक पदका लागि २०६९ साल फागुन २३ गते खुल्ला प्रतियोगिताद्वारा दरखास्त आब्हान गरिएकोमा २४ जना मात्रै उत्तिर्ण भएका थिए । त्यसवेला कूल नौ सय ३५ जनाले दरखास्त दिएका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s