युवती तस्करी माफियाका नेपाली ‘प्यादा’

Posted: August 23, 2015 in By Deepak Kharel

TRAFFICERES
Kathamandu : एकजना होईन, दुईजना होईन । एउटै गाँउ,शहर र जिल्लाबाट पनि होईन । हेर्दाहेर्दै आफु एक्लै भएको सोचेका सोझा नेपाली युवती दिल्लीको महिपालपुरको साँघुरो गल्लीमा रहेका होटलमा २७ जना पुगिसकेका थिए । सबै देशका विभिन्न स्थानमा घर रहेका युवतीलाई दलालले एकै ठाँउ भेला गरेका थिए । सबैका आखाँमा विदेशमा गएर कमाउने सुन्दर सपना थियो । नेपालमा रहेका चिनजानका नेपाली दाजुभाईले नै दुबई, कुवेत र इराक लगायतका जोखिमपूर्ण र प्रतिबन्धित देशमा सजिलो काम र धेरै कमाईको सपना देखाएर नेपाली युवतीलाई दिल्ली पु¥याएका थिए ।
index
अन्तराष्ट्रिय युवती तस्करीको गिरोहका लागि नेपालमा बसेर युवती कलेक्सनको कामगर्ने दलालले आर्थिक रूपमा विपन्न नेपाली युवतीहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालका बिभिन्न सिमा नाकाबाट नयाँ दिल्लीसम्म पुगाएका थिए । तर विदेशका सपनामा बेचिन लागेका सबै २७ जना युवतीलाई साउन ५ गते भारतीय प्रहरीले नयाँ दिल्ली स्थित ईन्दिरा गान्धी एयरपोर्टबाट बेचिन लागेको शंका लागि उद्दार गर्न पुग्यौ । उनिहरुकै बयान र सुचनाका आधारमा साउन ९ गते नै दिल्लीका विभिन्न होटलहरूमा राखिरहेको अवस्थामा अन्यको समेत उद्दार गरेको थियो ।
नेपाल सरकार तथा नेपाली दुतावासको पहलमा साउन १९ गते पिडित नेपाली युवतीहरूलाई नेपाल फिर्ता ल्याईएको थियो । नेपाल फिर्ता आएका युवतीको बयानका आधारमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न गिरोहका सदस्यलाई शनिबार पक्राउ गरेको छ । सिआईबीले युवतीहरूसंग रकम लिई नेपालको भैरहवा सम्म पु¥याउने खोटाङका सुशिल भन्ने सुजिल राई, बिदेश पठाई दिन्छु भन्दै रकम संकलन गर्ने र भारत पठाउने महोत्तरीका राज बाबु श्रेष्ठलाई पक्राउ गरेको हो ।
सिआईबीका एसपी किरण बज्राचार्यका अनुसार भारतको नयाँ दिल्ली, महिपालपुरबाट उद्धारकै क्रममा पक्राउ परेका दयाराम पण्डित भन्ने ईश्वर न्यौपाने र बिष्णु तामाङलाई भारतिय प्रहरीद्धारा पक्राउ गरी अनुसन्धान भई रहेको छ। उनका अनुसार उनीहरुलाई अनुसन्धान पश्चात नेपाल ल्याउनको लागि आवश्यक कुटनैतिक पहल भई रहेको छ ।
‘दिल्लीमा पक्राउ परेका दुबैजनाले नेपालबाट गएका युवतीलाई पठाउने प्रवन्ध मिलाउने र मुख्य गिरोहसँग सम्पर्क गर्ने गरेको देखिन्छ’ एसपी बज्राचार्यले भनिन । पिडित युवतीहरूलाई जाहेरी दरखास्त तथा बयान पश्चात आफन्तहरूको जिम्मा लगाईएको सिआईबीले जनाएको छ ।

Advertisements
Comments
  1. Gopi says:

    Great job Kiran,

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s