महाभुकम्प पछि मानव तस्करको गन्तब्य नेपाल

Posted: August 21, 2015 in By Deepak Kharel

Dig Kamal Singh Bom with ABC journalist Siobhna Henue             फोटो:  ABC, Australia  कि प्रस्तोता तथा पत्रकार  Siobhna Henue लाई मानव ओसारपसारका बिषयमा जानकारी दिदै डिआईजी बम

Kathmandu : महाभुकम्प पछि महिला तथा बालबालिका तस्करले नेपाललाई पहिलो गन्तब्य बनाएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल प्रहरीका अनुसार महाभुकम्प पछिका तीन महिनामा मानव तस्करी र ओसारपसारका ५८ वटा घटनामा ६२ जना आरोपी पक्राउ परेका छन ।
प्रहरी प्रवक्ता नायव महानिरीक्षक कमलसिंह बमका अनुसार मानव ओसारपसारका घटनामा अझै बृद्धी हुनसक्ने आशंकामा प्रहरी नेपाल भारत र नेपाल चीन नाका तथा अन्तराष्ट्रि«य विमानस्थलमा समेत बिशेष निगरानी बढाएको छ ।
प्रहरीका अनुसार बैशाखमा गएको भुकम्प पछि १५ वटा मानव तस्करीका घटनामा प्रहरीले कारवाही अगाडी बढाएको हो । यस्तै असार २० वटा घटना र साउनमा २३ वटा घटनामा जम्मा ६२ जना आरोपी बिरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।
मानव तस्करले विप्तमा बिचल्ली परेका महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत तथा तेस्रो मुलुकमा तस्करी गर्ने गरेका घटना सार्वजनिक भएका हुन, डिआईजी बमले भने । उनका अनुसार खाडी देश, अफ्रिका र भारतमा यौन ब्यवसायका लागि महिला तथा बालबालिकाको अवैध ओसारपसार हुने गरेको हो ।
प्रहरी मुख्यालयका अनुसार आर्थिक वर्ष २०६९/०७० मा १४४, २०७०/०७१ मा १८५ र २०७१/०७२ मा १८४ वटा मानव बेचबिखन, ओसारपसार र तस्करी घटनामा प्रहरीले कारवाही अगाडी बढाएको हो । डिआईजी बमका अनुसार नेपालबाट युरोप, अफ्रिका, खाडी देश र भारतमा युवती र बालबालिकाको तस्करीमा अन्तराष्टिय गिरोह नै सक्रिय रहेको तथ्य प्रहरीले फेला पारेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार मानव बेचबिखन तथा तस्करी रोक्न प्रहरीले अगामी अक्टोबरमा नेपालमा अन्तराष्ट्रि«य प्रहरी र सरोकारवालाको भेला गर्ने भएको छ । तस्करी रोक्न इन्टरपोलको सहयोग मात्र प्रर्याप्त नभएकाले अन्तराष्ट्रि«य भेला आयोजनाको तयारीमा प्रहरी रहेको छ । भेलामा अफ्रिका, दक्षिण एशिया र खाडी देश सहित युरोप र अमेरिकाबाट समेत प्रहरी र सरोकारवालालाई सहभागी गराउने तयारी नेपाल प्रहरीले गरिरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.