मोस्ट वान्टेड एआईजी !

Posted: July 14, 2015 in By Deepak Kharel

KATHMANDU : महानगरीय प्रहरी अपराध महाशाखा यतिबेला एकजना एआईजीको ब्यापक खोजीमा जुटेको खबर छ । अपराध महाशाखाले एआईजीलाई अन्तवार्ता दिने ब्यक्तिकै उजुरीका आधारमा खोजी तिब्र पारेको हो । भने महाशाखाले घटनामा एकजना पत्रकारलाई उनका सहयोगी सहित पक्राउ गरेको छ ।
mpcd 29.3.15

न झुक्किनुहोस है !
महाशाखाले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक बनाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई पक्राउ गरेको हो । यस्तै नक्कली एआईजी बनेका अन्र्तवार्ताकारको खोजी भै रहेको बिज्ञप्ती मार्फत जनाएको हो ।
mpcd 1 29.3.15

घटना विवरण अनुसार जिल्ला सिन्धुपाल्चोक थाङपालकोट गा.वि.स. वडा नं. ३ घर हुने सुनिल थापालाई राष्ट्रिय अनुसन्धानको असई बनाई दिन्छु भनि ग्यान्जुङ्ग होटलमा बोलाएर अन्र्तवार्ता समेत लिएका रहेछन ठगहरुले । नाटकमा एकजना राष्ट्रिय अनुसन्धानको एआईजी बनेर अन्र्तवार्ता समेत लिई अब काम हुन्छ भनी ६ लाख रुँपैया माग गरेछन । पिडितले उक्त रकम चेक मार्फत जिल्ला बारा अमरपट्टी गा.वि.स. वडा नं. ४ घर भई हिमालयन न्यूज एक्सप्रेसका सम्पादक बताउने राम एकवाल चौधरीलाई दिए । तर भने अनुसार काम भएन । आफु ठगिएको थाहा पाई पिडितले महाशाखामा जाहेरी दिएपछि प्रहरी टोलीले ठगी नाटकका निर्देशक राम एकवाल चौधरी र सहयोगी जि. सर्लाही नेत्रगंज ९ घर हुने तुल बहादुर तामाङ्गलाई पक्राउ गरेको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s