अपराध नियन्त्रण गर्ने खनालको काईदा, सर्वसाधारणलाई फाईदा नै फाईदा

Posted: July 12, 2015 in By Deepak Kharel

KATHMANDU : तपाई सार्वजनिक सवारीसाधन नियमित चढनु हुन्छ ? र सवारीसाधनका कर्मचारी र मनपरी भाडा असुल्ने र भनेको ठाउँमा जान आनकानी गर्ने ट्याक्सी ड्राईभरबाट दिक्क हुनुहुन्छ ? सवारीसाधनमा हुने भिडभाडमा बगली र बोकेको मोबाईल चोरिने डरले वाक्क हुनु भएको छ । वा भिडभाडको मौकामा तपाईका संवेदनशिल अंगमा हात लगाउन मौका खोज्ने सुकुल गुण्डाबाट आजित हुनुहुन्छ । वा कुनै सवारीसाधनमा शंकास्पद ब्यक्ति बसेको वा त्यस्तै गैरकानुनी धन्दा भएको देख्नु भएमा अब तपाईका दिन फिरेका छन । यस्तै नक्कली बिद्यार्थी परिचपयत्र देखाउने अधबैशे वा बिनाकारण कागजपत्र लैजाने वा घुस माग्ने ट्राफिक प्रहरीबाट पीडित भएमा सवारीचालक र परिचालकका समेत दिन फर्केका छन । तपाईको अप्रत्यक्ष सहभागिताले नै सार्वजनिक सवारीसाधनको यात्रा मर्यादित र अपराध नियन्त्रणमा महत्वपूर्ण भुमिका हुने छ ।
10432934_10204534619392200_6966641688990686307_n

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख भएर आएको एक महिना नपुग्दै प्रहरीलाई सबैभन्दा बढि ब्यस्त बनाउने अपराधको जरो एसएसपी खनालले पत्तो लगाएछन । प्रहरी जनशक्ति गंभिर अपराधको अनुसन्धान भन्दा सानाठुला चोरी, लुटपाट, डकैती र हिंसाका घटनामा बढि नै ब्यस्त रहने गरेको तथ्यसँगै एसएसपी खनाल सहितको टोलीले अपराध नियन्त्रणमा सार्वजनिक यातायात र यात्रुको सहभागिता अनिवार्य गर्ने प्रयास गरेको हो । अपराध महाशाखाले काठमाडौ केन्दि««त भएर हुने जघन्य अपाराधमा सार्वजनिक र भाडाका सवारीसाधनको प्रयोग भै रहेको आधारमा यस्तो अभियान संचालनमा ल्याएको हो ।
20150712_102345[1]

‘चोरी डकैती, अपहरण देखि मानव ओसारपसारमा समेत ट्याक्सीको प्रयोग भै रहेको छ, सार्वजनिक सवारीसाधनमा हिंसा र काठमाडौका कति स्थानमा त घर छ भन्दा समेत हिच्कीचाउने अवस्था रहेका कारण अभियान संचालनमा ल्याएका हौ’ एसएसपी खनालले भने । उनले उपत्यकामा हुने अनैतिक कृयाकलाप रोकेमा मात्र सहि अर्थमा अपराध नियन्त्रण सम्भव भएको दाबी समेत गरे ।’सानासाना घटनाले ठुलो अपराध निम्ताएका प्रशस्त घटना हाम्रो रेर्कडमा छन, सुरुवात यहीबाट गरेका हौ’ उनले थपे ‘सबैको सहभागिताको अपेक्षा गरेका छौ’ ।
महाशाखाले अभियानमा सम्बन्धीत पक्ष सबैको सहभागिताका साथै सवारीसाधनमा प्रत्यक्ष सम्पर्क नम्बर राखेर सुचना र जानकारी संकलनको ब्यवस्था समेत गरेको हो ।
यातायात सेवा सुरक्षा साझा अभियान २०७२ ले पुगाएका फाईदा हेर्न यहाँ क्लिक गर्नुहोस है
विवरण पठाईएको

Advertisements
Comments
  1. […] डट कमको अनुरोधमा यो सूचनात्मक लेख साभार यहाँहरुलाइ टक्र्याउँछौं। Courtesy of: […]

    Like

  2. […] डट कमको अनुरोधमा यो सूचनात्मक लेख साभार यहाँहरुलाइ टक्र्याउँछौं। Courtesy of: […]

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s