‘फेक करेन्सी’का नाईके प्रहरी फन्दामा

Posted: June 14, 2015 in By Deepak Kharel

fca
KATHMANDU : कुनै समय बारा र पर्सामा जाने प्रहरीका हाकिमका लागि अब्बल सुराकीको परिचय बनाएका अल्ताफ अन्सारी 6 वर्षपछि प्रहरी फन्दामा परेका छन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अल्ताफ अन्सारी भन्ने ईल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको हो ।
नेपालमा रहेका नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारीलाई सुराकी गर्दै पन्छाएर एकलौटी राज गर्न खोज्ने ३३ वर्षे अल्ताफ पछिल्लो समय भारतीय प्रतिआतंकबाद दस्ता एटिएफलाई समेत झुक्काएर सुराकीगर्दै नेपालमा रहेका कारोबारी पन्छाउदै थिए । केही समय अघि काठमाडौंबाट अपहरण शैलीमा कानपुर पुगाईएका जावेद इकवाल समेत अल्ताफकै सुराकीको शिकार भएको परिवारस्रोतले आरोप लगाउदै आएको थियो । भारतको उत्तर प्रदेशका एकजना बिधायक मार्फत लखनउका पत्रकारसँग समेत हिमचिम बढाएका अन्सारीले भारत र नेपालका गोप्य स्थानमा शरण लिदै आएका थिए ।
altaf ansa

अल्ताफको अपराध यात्रा

सानै उमेरदेखि युनुस अन्सारी, बारामा हत्या गरिएका महमुद आलम लगायतको संगतमा रहेका बाराका अल्ताफलाई नक्कली भारतीय रुपैयाँका कारोबारीले नै प्रहरीको सुराकीका रुपमा उपयोग गरेका थिए । नक्कली भारतीय रुपैयाँ बाहेक गाँजा, अफिम र चरेस तथा भन्सार छलिको सुचना प्रहरीलाई दिने अल्ताफ पछि आफै नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न भएका थिए । तर कारोबारले जरो गाडन नपाउदै २०६६ साल कार्तिकमा उनी बारामद नक्कली भारतीय रुपैयाँको कारोबारमा पोलिए ।
ललितपुर प्रहरीले कुपण्डोल स्थित अमर श्रेष्ठको घरमा डेरा गरि बस्ने सेखसफि अहमदलाई बिशेष सुराकको आधारमा भारु चौउन्‍न लाख उनान्चालिस हजार पाँच सय लुकाईछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरेको थियो । सेखसफि अहमदले बयानमा अल्ताफ अन्सारी मुख्य कारोबारी भएको भन्दै हुलिया र ठेगाना खुलासा गरेका थिए । खोटाचलन मुद्दामा जिल्ला अदालत ललितपुरले बारामद रकमको तीनगुणा दुई करोड एकसठी लाख नौ हजार छ सय जरिवाना र ३ वर्ष कैद हुने फैसला गरेको थियो । अदालतको फैसलापछि भुमिगत अवस्थामै कारोबार चलाउदै आएका अलताफलाई ब्युरोले ललितपुरबाट पक्राउ गरि अदालतमा उपस्थित गराएको थियो । ब्युरोका एसपी श्याम लाल ज्ञवालीले ललितपुर जिल्ला अदालतको आदेशले अन्सारीलाई नख्खु कारागार चलान गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s