महाभुकम्प पछिको गंभिर अपराध

Posted: June 8, 2015 in By Deepak Kharel

फोटो:  सेतोपाटी

फोटो: सेतोपाटी


KATHMANDU : प्रहरीले १० बर्षीय बालकलाई अपहरण गरी ५० लाख फिरौती माग्ने भक्तपुर कौशलटार सागबारी बस्ने दोलखा मार्बु–९ घर भएका २३ बर्षीय भिमबहादुर मगर र भक्तपुर बालकोट बस्ने दोलखा मार्बु–३ घर भएका २६ बर्षीय रुद्र खत्री (अभिषेक) लाई पक्राउ गरेको छ ।
जेठ २३ गते दिउसो ३ बजे सिन्धुपाल्चोक धुवाचौर–१ घर भई काठमाडौँ गोकणेश्वर नगरपालिका–१४ दक्षिणढोका अर्याल गाउँमा डेरा गरी बस्ने भिमसेन बन्जाराको १० बर्षीय छोरालाई घर नजिकैको चौरबाट फुटवल हेर्न जाउँ भनी ललाई फकाई अपहरण गरेका थिए ।
अपहरणकारीहरुले नजिकैको कृष्ण मन्दिर जंगलमा बालकलाई लगेर कुटपिट गरी मरेको ठानी खाडलमा पुरी बच्चा चाहिने भए ५० लाख लिई जेठ २५ गते सोमाबार १० बजे सिन्धुपाल्चोकको एकाईस किलोको काला पत्थरमा आउनु भनी बालकको परिवारलाई फोन तथा म्यासेज गरेका थिए । फिरौती रकम माग्ने उनीहरुलाई सूचना प्राप्त भएको ४ घण्टामै महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार भक्तपुरको बालकोट र कौशलटारबाट पक्राउ गरेको थियो ।
खाल्डोमा पुरेको २ घण्टा पश्चात बालक होसमा आई घटनास्थलबाट बिस्तारै घ्रिसिदै अल माईटी मोडल स्कुल नजिक आएर रुदै गरेको अवस्थामा बिद्यालयका शिक्षकले देखि उद्धार गरी मेडिकल कलेज अत्तरखेलमा ल्याएपछि मात्र बालकको परिवारले थाहा पाएका थिए । घाँटी, आखाँ तथा छातीमा गम्भीर चोट लागेका बालकको सोही अस्पतालमा उपचार भई रहेको छ ।
प्रहरीले भिम बहादुर मगरको साथबाट फिरौती रकम माग गर्न प्रयोग गरेको ९८१६७४१८८९ नम्वरको मोवाईल १ थान र खुकुरी १ थान बरामद गरेको छ ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धामा कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको महाशाखा प्रमुख पुष्कर कार्कीले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s