तराई टेलिभिजनका अध्यक्ष ठगीमा पक्राउ

Posted: May 20, 2015 in By Deepak Kharel

KATHMANDU : महानगरीय प्रहरी अपराध महाशाखाले ठगीको आरोपमा तराई टेलिभिजनका अध्यक्षलाई पक्राउ गरेको छ । महाशाखाले १ करोड ५० लाखमा तराई टेलिभिजन खरिद गरी संचालक तथा अध्यक्ष समेत रहेका मनोज भक्त श्रेष्ठलाई पक्राउ गरेको हो । महाशाखाले रिनाउन बहुमुखी सहकारी स्ंस्था लिमिटेडको मिति २०६५ साल देखि निर्देशक एवं कोषाध्यक्षको रुपमा रहेका श्रेष्ठले उक्त सहकारीका निक्षेपकर्ताहरुको रु १४ करोड हिनामिना गरी भागी फरार रहेको समेत जनाएको छ । महाशाखाबाट खटिएको विशेष टोलीले काठमाण्डौ थापाथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी श्रेष्ठलाई पक्राउ गरेको हो । एसएसपी पुष्कर कार्कीका अनुसार प्रारम्भीक अनुसन्धानबाट श्रेष्ठले म्याग्दी ज्यामरुककोट गा.वि.स.वडा नं.८ घर हुने रेवती रमणजी मल्ललाई रु २३ लाख ठगी गरी फरार समेत रहेको खुलेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s