अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला

Posted: May 15, 2015 in By Deepak Kharel

KATHMANDU : अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा दोलखाको कालिन्चोकस्थित घोडथली भन्ने स्थानमा भेटिएको छ ।
दोलखाको सुनखानीमा खोज तथा उद्धार कार्यको लागि गएको युएस मरिनको युएच वन वाई ह्ुवे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। मंगलबार दिउँसोबाट हराईरहेकोमा विमान शुक्रबार सिन्धुपाल्चोक र दोलखाको सीमाना घोर्थली गा.वि.स. मा नेपाली सेनाको पैदली फौजले दुर्घटनाग्रस्त भएको जानकारी दिएको हो ।
उक्त हेलिकप्टर खोजी कार्यको लागि परिचालित नेपाली सेनाको पैदली फौजले जानकारी दिएपश्चात् तत्काल नेपाली सेनाको लान्सर र इक्युरेल हेलिकप्टरद्धारा आज कालिन्चोक डांडाको उत्तरपूर्वी दिशातर्फ अनुमानित ११,२०० फिटको उचाईमा अवस्थित सिन्धुपाल्चोक जिल्लाको घोर्थली गा.वि.स. मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
नेपाली सेनाको पैदली फौज र मौसम अनुकुल भएमा हवाई साधन पुगेर बिस्तृतमा घटनाको विवरण जानकारी गराउने सेनाले जनाएको छ ।
गृहप्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार करिब ११ हजार दुईसय फिटको उचाईमा विमानको भग्नावशेष भेटिएको हो । विमानमा सवार ६ अमेरिकी र २ नेपाली सेनाको अवस्था अज्ञात नै छ ।
qauals2q

फोटो सौजन्य कुन्द दिक्षितको ट्विट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.