महाभूकम्पले लियो आठहजार बढिको ज्यान UPDATE

Posted: May 14, 2015 in By Deepak Kharel

11218763_1396513720675284_2567365808522137669_n KATHMANDU : देशका विभिन्न भागमा बैशाख २९ गते मंगलबार १२ः५२ बजे आएको बिनाशकारी भूकम्पमा परी विहिवार 1 बजेसम्म 110 जना मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै 2609  जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पुर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ७९ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १५८५, पुर्व क्षेत्रमा १५४, मध्य क्षेत्रमा ७२४, पश्चिम क्षेत्रमा १०५ र मध्य पश्चिम क्षेत्रमा ११ जना रहेका छन् । घाइतेमध्ये १७०० जना विभिन्न अस्पतालमा उपचाररत छन् । साथै भूकम्पमा परी घाइते भएका नेपाल प्रहरी ४३, नेपाली सेना ६ र सशस्त्र प्रहरी ११ जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । साथै भूकम्पमा परी ४७ जना वेपत्ता भएका छन् ।

भूकम्पबाट हालसम्म १८५२ पूर्णरुपमा र १०५३ आंशिक रुपमा गरी जम्मा २९०५ भौतिक संरचनामा क्षति पुगेको छ ।

बैशाख १२ गते शनिवार ११ः५५ बजे, देशका विभिन्न भागमा आएको बिनाशकारी भूकम्पमा परी बुधबार १९ः०० बजेसम्म 8199 जनाको ज्यान गुमेको छ भने 17867 जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १७०२, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५९७८, पश्चिम क्षेत्रमा ४१९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १०७७०, पुर्व क्षेत्रमा ३२५, मध्य क्षेत्रमा ५५४७, पश्चिम क्षेत्रमा ११९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । साथै उक्त विनाशकारी भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७८ जना तथा घाइते भएका नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक २५२ र विदेशी नागरिक ११२ जना बेपत्ता भएका छन् । भूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२८३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३४ गरी जम्मा ४१६३६१ भौतिक संरचनाहरु क्षती भएका छन् । नेपाल प्रहरीले काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानीलगायतका राहत सामाग्री वितरण कार्य गरिरहेको जनाएको छ । भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने तथा उद्दार समेतका कार्यमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षति र सोबाट उत्पन्न विभिन्न समस्याहरुको स्थलगत अवलोकन, सुरक्षा गस्ती (पट्रोलिङ), उद्धार तथा राहत कार्यमा परिचालन भएका प्रहरी कर्मचारीहरुको अनुगमन तथा समन्वय समेत गर्ने गरी दैनिक ३ सिफ्टमा केन्द्रीय कमाण्ड सेन्टरमा प्रहरी नायव महानिरीक्षक सिफ्ट कमाण्डरको रुपमा कार्यरत रहने गरी प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकका छुट्टाछुट्टै कमाण्डमा २१ टोली उपत्यकाका विभिन्न क्षेत्रमा जिम्मेवारी क्षेत्र तोकी जम्मा १ सय ५ जना प्रहरी कर्मचारीहरुलाई उपरोक्त अनुसारको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्ने गरी परिचालित गरिएको जानकारी प्रहरी समाचार कक्षले दिएको हो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.