मंगलबारको भुकम्पमा ३६ को मृत्यु, १११७ घाईते UPDATE

Posted: May 12, 2015 in By Deepak Kharel

KATHMANDU : गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार मंगलबारको भुकम्पमा ३२ जिल्लामा ३६ जनाको मृत्यु भएको छ ।यस्तै १११७ जना घाईते र १९ भन्दा बढि भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन ।
यस्तै नेपाल प्रहरीका अनुसार
मंगलबारको भुकम्पमा भएको मानवीय क्षती :
काठमाडौँ, २९ बैशाख
देशका विभिन्न भागमा मंगलबार आएको बिनाशकारी भुकम्पमा परी हालसम्मको प्राप्त जानकारी अनुसार ३१ जनाको ज्यान गुमेको छ भने ८८९ जना घाइते भएका छन् ।
भुकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौंमा ४, ललितपुरमा १, सिन्धुपाल्चोकमा ५, दोलखामा १४, धनुषामा १, सर्लाही १, सिन्धुली २, रौतहट १, गोरखा १, सुनसरी १ जना गरी ३१ जनाको मृत्यु भएको हो ।
यसैगरी घाइते हुनेहरुमा काठमाडौंमा ३५५, ललितपुरमा १६८, भक्तपुरमा १८२, सिन्धुपाल्चोकमा १००, दोलखामा २४, काभ्रे ३८, रामेछाप ५, दाङमा २, तेह्रथुम ४, सिराहा ५, सप्तरी ३ र सुनसरी २ जना गरी ८८९ जना घाइते भएका हुन् ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धारलगायतका कार्यमा जुटीरहेको छ ।

अमेरिकी जियोलजिकल सर्वेले सिन्धुपाल्चोकको कोदारीलाई केन्द्र बिन्दु बनाएर ७.३ म्याग्नी
च्युटको भुकम्प गएको जनाएको छ । सर्वेका अनुसार स्थानिय समय १२ बजेर ५० मिनेट १९ सकेण्डमा भुकम्पको पहिलो धक्का गएको हो । स्थानिय समय १ बजेर २१ मिनेट ५३ सकेण्डमा रामेछापलाई केन्द्र बिन्दु बनाएर दोस्रो धक्का गएको सर्वेले जनाएको छ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s