महाभूकम्पमा ७ हजार नौ सयले ज्यान गुमाए, सख्या बढदो क्रममा

Posted: May 9, 2015 in By Deepak Kharel

_________ ______ _____ _____ _______
KATHMANDU : महाभूकम्पमा शनिबार ९ बजेर ३० मिनेटसम्ममा ७९१२ जनाको ज्यान गुमेको छ भने १६०३७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी सवेन्द्र खनालका अनुसारमृत्यु हुनेमा उपत्यकामा १७१३, पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा ५७२८, पश्चिम क्षेत्रमा ४१६ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा ९०२२, पुर्व क्षेत्रमा ३२७, मध्य क्षेत्रमा ५४७३, पश्चिम क्षेत्रमा ११९१, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । एसएसपी खनालका अनुसार नेपाल प्रहरी ५, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी पर्यटक ७० जनाको मृत्यु तथा नेपाल प्रहरी १४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जना घाइते भएकाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाल प्रहरी १ जना, नेपाली नागरिक २५४ र विदेशी नागरिक १११ जना हराइरहेका छन् ।
हालसम्म उपत्यकामा १६८३, पुर्वमा क्षेत्रमा ५०, मध्य क्षेत्रमा ५६८४, पश्चिम क्षेत्रमा ४१५ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ७८३४ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुन खनालले आग्रह गरेका छन ।
महाभूकम्पबाट पूर्ण तथा आंशिक गरी उपत्यकामा ६५४९४, पुर्व क्षेत्रमा ३५४५४, मध्य क्षेत्रमा १९८२७३, पश्चिम क्षेत्रमा ११३९४२, मध्य पश्चिम क्षेत्रमा ३१५४ र सुदूर पश्चिम क्षेत्रमा ३२ गरी जम्मा ४१६३४९ भौतिक संरचनाहरु क्षती भएका छन् ।
नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल र पानी वितरण कार्य भइरहेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.