३ बजेसम्ममा ५५८७ को मृत्यु , करिब ११ हजार घाईते

Posted: April 30, 2015 in By Deepak Kharel

_________ ______ _____ _____ _______
KATHMANDU : महाभुकम्पमा परी विहिवार ३ बजेसम्ममा ५५८७ जनाको मृत्यु र १०,८७० जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार काठमाडौंमा १०४९, भक्तपुरमा २६१ र ललितपुरमा १६९ जनाको ज्यान गुमेको छ भने काठमाडौंमा २१३१, भक्तपुरमा १८८६ र ललितपुरमा १०६० जना घाइते भएका छन् ।
यसैगरी पूर्व क्षेत्रमा ५२, मध्यक्षेत्रमा ३६३९, पश्चिम क्षेत्रमा ४१५ र मध्य पश्चिम क्षेत्रमा २ जनाको ज्यान गुमेको छ भने पूर्व क्षेत्रमा २८२, मध्यक्षेत्रमा ४३१३, पश्चिम क्षेत्रमा ११७७ र मध्य पश्चिम क्षेत्रमा २१ जना घाइते भएका छन् । साथै उल्लेखित संख्यामा काठमाडौंमा १७, सोलुखुम्बुमा ७, मकवानपुरमा १, ललितपुरमा ५ जना गरी ३० जनाले ज्यान गुमाएका तथा ११ जना घाइते भएका पर्यटकको संख्यासमेत समावेश गरिएको छ ।
हालसम्म काठमाडौंमा १०००, भक्तपुरमा २५८, ललितपुरमा १६९, पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा ३४३८, पश्चिम क्षेत्रमा ३४८ र मध्य पश्चिम क्षेत्रमा २ जना गरी जम्मा ५२६६ को शब निजहरुका आफन्तलाई बुझाइएको छ भने अन्य शबहरु विभिन्न अस्पतालहरुमा रहेको हुँदा शव सनाखतको लागि पहल भइरहेको प्रहरीले जनाएको छ । साथै हराएका तथा खोजीमा रहेका व्यक्तिहरुका आफन्तहरुले पहिचानको लागि नजिकको अस्पताल वा प्रहरी कार्यालयमा गई सूचना दिन हुनसमेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।
मृत्यु भएका र घाईतेको जानकारीका लागि तल हेर्नुहोस ।
https://pardafas.com/2015/04/30/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s