कैदीबन्दीलाई महाभुकम्पको कहर

Posted: April 30, 2015 in By Deepak Kharel

JAIL NEWS FINAL
KATHMANDU : देशका विभिन्न कारागारमा आफुले गरेको अपराधको सजाय भुक्तान गरि रहेका कैदीबन्दी माथि महाभुकम्पको कहर परेको छ । शनिबारको महाभुकम्पका काठमाडौंको सुन्धारामा रहेको केन्द्रीय कारागारको छत खस्दा १६ जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका छन । जेलर बेदबहादुर कार्कीले जेलको पुरानो संरचना भत्कदाका दुर्घटना भएको बताए । उनका अनुसार घाईतेमध्य २० जना उपचार पछि कारागार नै फर्किएका छन भने २० जनाको उपचार भै रहेको छ । मंगलबार कैदीबन्दीका परिवार जेलमा पुगेपछि मात्र कारागार प्रशासनले घटनाको जानकारी दिएको भन्दै परिवारले आक्रोश ब्यक्त गरे ।
केन्द्रीय कारागारमा कुख्यात चाल्र्स शोभराज सहित करिब ३ सय कैदीबन्दी रहेका छन । शोभराज सहित सबै विदेशी कैदीबन्दी सुरक्षित रहेको कारागार ब्यवस्था विभागका उपमहानिर्देशक मोहन वाग्लेले पर्दाफासलाई बताए । यस्तै नख्खु कारागारमा भुकम्पले २ जना बिदेशी कैदी घाईते भएका छन ।डिल्लीबजार कारागार सहित देशभरका कारागारमा महाभुकम्पको अवस्था कारागार प्रशासनले गोप्य राखेको छ ।
नेपालका केही बाहेक अधिकांश कारागार जिर्ण छन । देशका अन्य भागको भन्दा काठमाडौमै रहेका केन्द्रीय कारागार, सदछखोर डिल्लीबजार र नख्खु कारागारको अवस्थाका बिषयमा बराबर प्रश्न समेत उठने गरेको छ । कारागारका कैदीबन्दीको हितमा कामगर्दै आएका जिवन रायमाझीले सरकारले कैदीलाई मानवको श्रेणीमा समेत नराखेको भन्दै आक्रोस ब्यक्त गरे । उनका अनुसार देशभरका कारागार भवन जिर्ण भएपनि अधिकाशंमा क्षमता भन्दा बढि कैदीबन्दी रहेका छन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.