प्रहरी कल्याण कोष की हाकीम पोष : २५ करोडमा हाकीमको मस्ती

Posted: April 25, 2015 in By Deepak Kharel

police hq 111
KATHMANDU : प्रहरी कल्याणकारी कोषको खर्च र आम्दानीमा विगतमा झै यसपटक समेत मनोमानि भएको छ । कोषबाट संचालित पेर्टोल पम्प, ब्यवसायिक भवन र संयुक्त राष्ट संघको आह्वानमा खटिने प्रहरीका लागि गरिएका खरिदमा ब्यापक अनियमितता भएको तथ्य सार्वजनिक भएको हो ।
विगत देखिनै कोषबाट प्रहरीका हाकीमले र तिनका सिफारीसमा प्रहरी कर्मचारीले पेश्कीका नाममा ब्रह्मलुट मच्चाउदै आएका छन । महालेखापरिक्षकका अनुसार २०५४ देखि हालसम्म प्रहरी अधिकारीले लिएको पेश्की बापतको २५ करोड ८४ लाखको कुनै हिसाब नै छैन । प्रहरी महानिरीक्षक देखि प्रहरी मुख्यालयमा रहेका चल्तापुर्जा प्रहरी जवानसम्मले विभिन्न शिर्षकमा लिएको पेश्कीको दशौै वर्ष देखि फर्छयौट हुन सकेको छैन । महालेखापरिक्षकको कार्यालयले छानविन गरि रकम असुल उपर गर्न ताकेता गरेपनि प्रहरी प्रधान कार्यालयले कानमा तेल हालेर बसेको हो ।
कल्याणकारी कोषमा यसपटक अनपोलबाट आम्दानी अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम भएको तर खर्च ३९१ प्रतिशत बढि भएको आर्थिक विवरण प्रहरीले महालेखापरिक्षकको कार्यालयलाई बुझाएको हो । प्रहरीको आर्थिक विवरण अनुसार गत वर्ष अनपोल मिसनमा खटिएका प्रहरी कर्मचारीबाट ९ करोड ७६ लाख ४० हजार आम्दानी भएकोमा यसपटक ६ करोड ८२ लाख ८२ हजारमात्र आम्दानी भएको हो । यस्तै गत वर्ष अनपोलका लागि ३ लाख ९८ हजार मात्र खर्च भएकोमा यसपटक १९ लाख ५७ हजार खर्च भएको हो ।
कल्याण कोषबाट संचालित ब्यवसायीक भवनबाट एक करोड १३ लाख ३८ हजार आम्दानी देखाएको छ । तर भवनको अभिलेख र लेखापरिक्षण सम्झौता नै राखेको छैन । यस्तै यसवर्ष विभिन्न आठ भवनबाट आम्दानी भएको एककरोड ३० लाख ८९ हजारको नियम बमोजिम दाखिला गर्नुपर्ने घरबहाल कर १० प्रतिशत १३ लाख रुपैयाँ दाखिला नगरेको भन्दै महालेखाले गंभिर आपत्ती जनाएको हो ।
प्रहरीमा घोटालाको पर्याय बनेको प्रहरी पेर्टोल पम्पमा यसपटक समेत कोषले ५० लाख लगानी देखाएको भएपनि लेखापरिक्षण नगरेकाले पम्पको आम्दानी वा घाटा के भएको गोप्य नै राखिएको छ ।
प्रहरीले कमिसनकै प्रलोभनमा सुडान मिसनका लागि खरिद गरेका सामाग्री मध्य १२८ उपकरण मध्य ३ ५ उपकरण काम नलाग्ने रहेका छन । यसबापत संयुक्त राष्ट संघले करिब दुई करोड शोधभर्ना समेत रोक्का राखेको छ । प्रहरी स्रोतका अनुसार डिआईजी श्याम खडका र खरिदका एसपी प्रेम मल्लले ठेकेदारसँगको मिलमतोमा अनावश्यक सामाग्री खरिद गरि अनियमितता गर्ने गरेका छन । सार्क सम्मेलनमा समेत बिशेष अवस्था देखाएर खरिद गरेका सामाग्रीमा अनियमितता भएको भन्दै दुबै बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s