विमानस्थलमा प्रधानमन्त्री कार्यालयको छड्के

Posted: April 24, 2015 in By Deepak Kharel

20150312_181549
KATHMANDU : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको सम्पूर्ण ब्यवस्था कमजोर र लथालिङ्ग भएकोले तत्काल सुधार गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले विमानस्थलको ब्यवस्थापनको जिम्मा लिएको नागरिक उड्डयन प्राधिकरण र सुरक्षा तथा चेकजाँचको जिम्मा पाएका सुरक्षा निकाय, अध्यागमन र भन्सारसम्मका गतिविधी यात्रुमैत्री नभएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव शान्ताराज सुवेदीको टोलीले शुक्रबार गरेको छड्केमा विमानस्थलको दुरावस्था रहेको भन्दै सुधारका लागि निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयबाट जारी बिज्ञप्तीमा विमानस्थलमा हवाई यात्रुहरुले समयमा व्यागेज प्राप्त गर्न नसक्ने‚ एअरलाइन्सहरुले सम्मानजनक व्यवहार नगर्ने‚ श्रम‚ अध्यागमन तथा भन्सार सम्बन्धी कार्यहरुमा झन्झटपूर्ण प्रक्रिया पुरा गर्नुपर्ने‚ दिउसो ११ देखि ४ बजे सम्म र साँझ ७ देखि राती १० बजे सम्मको अवधिमा अत्यधिक उडान हुँदा प्रस्थान तथा आगमन कक्ष व्यवस्थित नभएकोले यात्रुहरुले कठिनाई व्यहोर्नुपर्ने‚ ट्रान्जिट यात्रुहरुको लागि उपयुक्त व्यवस्था नभएको‚ शौचालय र विमानस्थलका अन्य संरचनाहरु सफाईमा अझैपनि उचित ध्यान नपुर्यारइएको र यस्ता गुनासाहरु सम्बन्धित निकायमा राख्दा उचित रुपमा सुनुवाई नभएको गुनासाहरु बारम्बार आइरहेकोले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आकस्मीक निरिक्षण गरेको उल्लेख छ ।
टोलीले निरीक्षणमा प्रस्थान बिन्दुतर्फ श्रम डेस्क‚ टिकट चेकिङ्ग काउन्टर‚ अध्यागमन‚ सुरक्षा जाँच प्रणाली‚ अन्तिम सुरक्षा जाँच‚ आगमनतर्फ अध्यागम क्लियरेन्स‚ सामान प्राप्त गर्ने प्रक्रिया‚ भन्सार क्लियरेन्स‚ ट्याक्सी सेवा‚ विशिष्ठ अतिथी कक्षको व्यवस्थापन‚ ट्रान्जिट यात्रुको व्यवस्थापन‚ शौचालय‚ ट्रलि‚ टेलिफोन लगायत विमानस्थलको सरसफाई र त्यहाँ कार्यरत सबै निकाय बीचको समन्वयको अवस्था समेत
चुस्त र यात्रुमैत्री नभएको भन्दै तत्काल सुधारका लागि १५ बुँदे निर्देशन जारी गरेको हो । । निर्देशनमा विमानस्थल सुधारको लागि नेपाल सरकारलाई सुझाव दिन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायका पदाधिकारीहरु सम्मिलित सिघ्र समस्या सम्बोधन समूह र्यापिड रेस्पोन्स समुह गठन भएकोमा सो समूहले हालसम्म काम नगरेकोले तत्काल सक्रिय बनाई कार्य थालनी गर्न भनिएको छ । यस्तै यात्रुहरु प्रस्थान गर्नु अघि हुने सुरक्षा जाँच‚ एयरलाइन्सले गर्ने टिकट तथा सामान चेकिङ्ग‚ अध्यागमनमा हुने जाँच जस्ता कार्यहरुलाई सरल बनाउने । यात्रुका सबै सूचना पासपोर्ट र बोर्डिङ्ग पासमा हुने र अध्यागमनमा ती काजगातबाट अभिलेख राख्न सकिने हुँदा छुट्टै अध्यागमन फाराम भर्नुको औचित्य नदेखिएकोले फाराम भर्ने प्रणाली हटाउने तर्फ सम्बन्धित निकायले ध्यान दिन निर्देशन दिएको छ । भ्याट फिर्ता नेपाली रुपैयाँमा हुने र विदेशी यात्रुले विदेशी मुद्रा सटही गर्न कठिन भएको हुँदा सोही बैंकमै विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउन समेत निर्देशनमा भनिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s