सेना बिरुद्ध सर्तकतामा उजुरी

Posted: April 23, 2015 in Army, PRIVATE

KATHMANDU : नेपाली सेनाको संभाररथी विभागले दोस्रो संविधान सभा निर्वाचनलाई भन्दै खरिदमा कुनै प्रतिस्पर्धा नगरी भ्रष्टाचार गरेको तथ्य खुलेको छ । विभागले निर्वाचनको बिशेष परिस्थतीको उपयोगगर्दै बिना प्रतिस्पर्धा करिब ३८ करोड बराबरको खरिदमा घोटाला भएको आशंका गरिएको हो । निर्वाचन अवधिका लागि सार्वजनिक खरिद ऐन अनुसार प्रकृया निश्कृय भएको अवस्थामा विभागले सवारीसाधन, टायर तथा ब्याटी खरिदमा घोटाला भएको आशंका महालेखापरिक्षकको प्रतिवेदनमा गरिएको हो । संभाररथीले निर्वाचन प्रयोजनका लागि भन्दै ३७ करोड ९० लाख ६० हजार रुपैयाँ बराबरका सवारीसाधन, टायर र ब्याटी ११ दिनको अवधिमा बोलपत्र आह्वान गरेर प्रकृया पुरा गरेपनि निर्वाचनका लागि जम्मा चारवटामात्र सवारीसाधन ठेकेदारले उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ । निर्वाचनका लागि जम्मा २ करोड एकलाख ६ हजारका चारथान सवारीसाधनमात्र सो अवधिका उपलब्ध गराएको देखिन्छ प्रतिवेदनमा भनिएको छ । सेनाले बिना प्रतिस्पर्धा कमिसनकै लागि ३५ करोड ८९ लाख ५४ हजार रुपैया बराबरका सवारीसाधन, टायर र ब्याटी मंसिर ३० गतेपछि उपलब्ध गराउने गरि ठेकेदारसँग सम्झौता गरेको हो । संविधान सभाको दोस्रो निर्वाचन मंसिर ४ गते भएको थियो ।
महालेखापरिक्षकको कार्यालयको ५२ औं बार्षिक प्रतिवेदनमा सेनाले आफुखुसी खरिद प्रकृया गर्ने गरेको उल्लेख छ । सेनालाई आवश्यक लत्ताकपडा, खाद्दान्न देखि हातहतियार , मेशिनरी र सवारीसाधन खरिदसम्मका सार्वजनिक खरिद ऐनका प्रकृया बर्षौदेखि मिच्दै आएको छ । प्रतिवेदनमा सेनालाई महालेखापरिक्षकको कार्यालयले यसअघि सुझाएका बिषयमा समेत यसपटक समेत सोही गल्ती दोहरीएका हुन ।
सेना बिरुद्ध सर्तकतामा उजुरी
सेनामा हुने गरेको अनियमितता र भ्रष्टाचार हेर्ने निकाय नहुदा सेनाको मनपरी मौलाएको भन्दै प्रधानमन्त्रीको मातहतमा रहेको सर्तकता केन्द्रमा सेना बिरुद्ध उजुरी पर्ने गरेका छन । प्राप्त एउटा गोप्य उजुरीमा समेत सेनाले बोलपत्र खरिद गर्नमै रोक लगाएर भ्रष्टाचार गर्न खोजेको आरोप लगाईएको छ ।
हेनुहोस तस्बिर ।
20150423_200614
20150423_200637

सर्तकता केन्द्रले कारवाही प्रकृयाका लागि उक्त उजुरी रक्षा मन्त्रालयमा मंसिरमै पठाएको भएपनि कुनै प्रकृया अगाडी बढन सकेको छैन । रक्षा मन्त्रालय स्रोतका अनुसार तात्कालिन रक्षा सचिव देवेन्द्र सिटौलाले सेनालाई कानुनतह कारवाही गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेपछि प्रधानसेनापति गौरबशम्सेर राणा रक्षा सचिव बिरुद्ध अक्रामक भएका थिए । ‘सेना बिरुद्ध उजुरी गर्ने भनेको प्रधानमन्त्रीलाई हो, उहाँ नै मौन बसेपछि कसैको केही चल्दैन’ स्रोतले भन्यौ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.